Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ३० असार बाँकेको खजुरा गाउँपालिकाको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा मंगलबार खजुरामा प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको हो । बासका निर्देशक हेमराज भट्टले सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रत छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विशलेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार भएका प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भएर अन्तिम प्रतिवेदनका लागि सुझाव दिइएको छ । प्रतिवेदनले समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएको छ । जनसहभागिताको कमी, सूचना पाटी कतिपय ठाउँमा नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी जस्ता केही कुराहरु बाहेक कानून निर्माणदेखि व...
१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै, मंगलवार मात्र ३४ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज घरेलु कार्यालय, नेपालगंज बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् । अख्तियार कार्यालय, नेपालगन्जका प्रमुखका अनुसार लाईसेनस बनाईदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिंदै थिए । सोही बेला अख्तियारको टोलीले ओलीलाई रंगेहात पक्राउ गरेको बताएका छन् ।
“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
चन्द्रेश्वर राज त्रिपाठी नेपालगंज/असार– दशकौदेखि फुल्टेक्रामा रहेको ताललाई लिएर विवाद हुँदै आएको भएतापनि अब उक्त विवाद समाधान हुने निश्चित भएको छ । सोही फुल्टेक्रा तालको मुहार फेर्ने सोचका साथ नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ६ ले बृहत योजना साथ अगाडी आएका छन् । फुल्टेक्रामा रहेको तालको जग्गालाई धेरैले कब्जा समेत गरी बसेका छन् । तर अब ती कब्जामा रहेको जग्गा समेत सरकारी नापीबाट पुनः सरकार कै अधिनमा आउने निश्चित देखिन्छ । बाँके जिल्लालाई खेलाडीको शहर भनेर समेत चिनिने गरिएको छ । यस बाँके जिल्लाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको इतिहास हामी सामु रहेको पाईन्छ । यस इतिहासलाई कायम राख्न नेपालगन्ज उपलमहानगरपालिका र वडा नं. ६ ले पाईला चाल्ने भएका छन् । विगत केही महिना अगाडी क्रिकेटको स्टेडियन बनाउन जग्गाको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाबाट वडा नं. २ का वडा अ...
पहिलो दिननै चालिस हजार भन्दा बढी उपभोक्ता पुगे भाटभटेनी

पहिलो दिननै चालिस हजार भन्दा बढी उपभोक्ता पुगे भाटभटेनी

आर्थिक, प्रदेश ५
व्यापार पनि सोचेभन्दा बढी भएको व्यवस्थापनद्धारा जानकारीनेपालगन्ज, १७ फागुन । पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र नेपालगन्जको कारकाँदोमा शुक्रवारबाट सञ्चालनमा आएको देशकै चर्चित भाटभटेनी सुपर मार्केटमा पहिलो दिननै चालिस हजार भन्दा बढी सर्वसाधारण पुगेको व्यवस्थापनले जनाएको छ । सञ्चालनको पहिलो दिन शुक्रवारनै अनुमान भन्दा पनि धेरै बढी चालिसदेखि पचास हजार सर्वसाधारण सो सुपर मार्केटमा पुगेको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले ती मध्ये एक चौथाई जति भारतीय उपभोक्ता रहेको जनाउँदै पहिलो दिननै भारतबाट समेत धेरै संख्यामा सर्वसाधारण आएकोले आफूहरु उत्साहित भएको बताउनु भयो । पहिलो दिननै अनुमान गरेभन्दा बढी व्यापार समेत भएको जनाउँदै व्यवस्थापक भट्टराईले यस क्षेत्रका सर्वसाधारणले देखाएको माया र विश्वासका कारण यसको भविष्य उज्ज्वल देखिएको बताउनु भयो । शनिवार पनि विहानैब...
नेपाली सेना, नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु – प्रधानसेनापति

नेपाली सेना, नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु – प्रधानसेनापति

प्रदेश ५, समाचार
बुटवल, १५ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभएको छ । बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । प्रधानसेनापति थापाले भन्नुभयो, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत रहनैपर्छ ।” उहाँले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने...
सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

प्रदेश ५, समाचार
नेपालगञ्ज फागुन १४ गते । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले बुधवार आफ्नो छैंठौ स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा उक्त एशोसिएसनले एक बालगृहलाई खाद्यन, स्टेशनरी सामाग्री लगायत वितरण गरेको छ भने नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अभिनन्दन गरेको छ । बरिष्ठ उपाध्यक्ष प्रमोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारी र सदस्यलाई स्वागत गर्नुका साथै व्यवसायीक हकहितका पक्षमा निरन्तर क्रियाशिल रहन शुभकामना दिए । एशोसिएसनका अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीक हकहितका सवालमा एशोसिएसले महत्वपूर्ण भूमिका खेलेको बताए । ओलीले संघमा निर्वाचित भएलगत्तै एशोसिएसनबाट पद छाड्ने घोषणा गरिसकेकाले आगामी अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारे ...
बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

प्रदेश ५, राजनीति, समाचार
बाके(कुसुम ), फागुन १२- नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताएका छन । बाकेको कुसुममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन रु प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा भोलिको संसदको बैठक चल्न दिनु हुन्न, यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’ पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए। ‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय...
नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

प्रदेश ५, समाचार
बाँके फागुन ९ गते । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगन्जमा हुँदैछ । युनियनका उप–महासचिव एवम् महाधिवेशन व्यवस्थापन स्थानीय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा शुक्रबार (आज) बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकले यसअघि महाधिवेशनका लागि गठित उप–समितिलाई पूर्णता दिँदै आफ्नो योजना, कार्यक्रम तथा बजेटसहित पाँच दिनभित्र प्रस्ताव सचिवालयमा पेश गर्ने निर्णय गरेको छ । यस्तै महाधिवेशन भव्यतापूर्वक सफल पार्न युनियनका सम्पूर्ण शाखालाई यथाशक्य आवश्यक सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । बैठकमा बोल्दै संयोजक केसीले महाधिवेशनका लागि विभिन्न क्षेत्र, निकाय तथा सरोकारवालासँग छलफल तथा भेटघाट जारी राखिएको जानकारी दिनुभयो । बैठकमा उपस्थित उप–समिति संयोजक एवम् महाधिवेशन व्यवस...
बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके फागुन ८ गते । वैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ राष्ट्रिय आविस्कार केन्द्र खोलेको भन्दै विद्यार्थीहरुलाई निकै प्रेणादायी बिचार बैज्ञानिक पुनले राखेका थिए। विदेशमा उच्च ज्ञान हासिल गरेका विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिस्कार केन्द्र स्थापनाका लागि निरन्तर लागिरहेका प्रसिद्ध अवार्ड म्यागासेस बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई ब्रिटिस ईंग्लिश स्कुल नेपालगन्जले सहयोग गरेको छ। बिधालयको अनुरोधमा महाबिर पुन बिधालय पुगेका थिए महाबिर पुनलाई देख्दा विद्यार्थीहरुले थपडी बजाई भब्य स्वागत गरेका थिए र विद्यार्थीहरु चकित परेका थिए । महाबिर पुनले आफ्नो आबिस्कार केन्द्रका बारेमा र विद्यार्थीहरुलाई पढाईका साथा साथै आफू ...