Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

निर्माणको पर्खाईमा फुल्टेक्राको बाटो…..   मेयरदेखि वडाअध्यक्षसम्मको ताल आ–आफ्नै

निर्माणको पर्खाईमा फुल्टेक्राको बाटो….. मेयरदेखि वडाअध्यक्षसम्मको ताल आ–आफ्नै

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण– नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा गाउँ भित्र रहेको करीब ३ सय मिटर बाटोलाई हेर्दा नरैनापुरको विकट क्षेत्रको विकास नभए जस्तै देखिन्छ । बाटोमा हिड्ने बटुवाहरुले दैनिक रुप मै बाटो कहिले बन्ला भन्ने प्रश्न गर्छन् । तर ३ वर्ष अघि वडाअध्यक्ष मार्फत गरिएको प्रतिबद्धता हालसम्म पुरा नहुँदा टोलबासीहरुलाई समस्या उत्पन्न भएको छ । फुल्टेक्रा गाउँमा रहेको फुल्टेक्रा माध्यमिक विद्यालयदेखि नारायण बर्माको घरसम्म करीब ३ सय मिटर दुरी भएको बाटो विगत वर्षदेखि अब बन्ला, अब भन्ला भनी टोलबासी पर्खी बसेका छन् । तर बाटो बन्ने नाम कसैले लिंदैन, कारण एउटै छ– नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले घर नभत्काउँदा । यस विषयमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर डा. धवलशम्शेर राणाको भनाई अनुसार “हामीलाई घर तोडेर दिनुस्, हामी बाटो बनाई दिन्छौं, हामी कसैको घर तोड्न जाने होइन, नापी मार्फत निशान लगाईए...
नेपालगन्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगन्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ साउन– नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) स्थापना गरेको छ । नेपालगन्जको सरस्वती मावि र छात्रा मावि सल्यानी बागमा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले आईतबार दुबै विद्यालयमा आयोजिक छुट्टाछुट्टै कार्यक्रममा मेसिनको उद्घाटन गर्नुभयो । छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने उहाँले बताउनुभयो । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उहाँको भनाई छ । महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उप–महानगरपालिक...
हुकुम्बासीबाट सुकुम्बासीमा पुगेको जग्गामा विप्लव नेतृत्वका जनसत्ताद्वारा कब्जा गरेको घोषणा

हुकुम्बासीबाट सुकुम्बासीमा पुगेको जग्गामा विप्लव नेतृत्वका जनसत्ताद्वारा कब्जा गरेको घोषणा

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगंज, ४ श्रावण–एक हप्तादेखी तरङ्गीत हुँदै आएको कोहलपुर जग्गाकाण्ड नयाँ मोडमा पुगेको छ । सार्वजनिक जग्गा निजिकरण गरेको भन्दै विप्लव नेतृत्वको नेकपाद्धारा संचालित जनसत्ताले उक्त जग्गा कब्जामा लिएको घोषणा गरेको छ । आईतबार बिहान प्रेस वक्तब्य जारी गर्दै थारुवान स्वय प्रदेश जनपरिषद बाँकेले कोहलपुर नगरपालिका ४ किरण नजिकै ७७, ७८ र ७९ नं. कित्ता रहेको करिब ६ विघा सार्वजनिक जग्गा जनसत्ताले कब्जामा लिएको घोषणा गरेको हो । जिल्ला परिषद बाँकेका प्रमुख परिवर्तनद्धारा जारी गरीएको प्रेश वक्तब्यमा उक्त जग्गा नियन्त्रणमा लिएको उल्लेख गरीएको छ । सत्ताको पहुँच र पावरमा भुमाफियाहरुको गिरोहले सार्वजनिक जग्गामाथी गरेको लुटखसोटप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला परिषद बाँकेले त्यसको भत्सर्ना समेत गरेको छ । साथै जिल्लामा विभिन्न भुमाफिया गिरोहहरुले जनविरोधी गतिविधि संचालन गरीरहेकाले जनसत्ताद्ध...
शुक्रबार १ सय १ जना कोरोना पोजेटिभ,  ११ हजार ५ सय ३५ जनाले कोरोना जिते

शुक्रबार १ सय १ जना कोरोना पोजेटिभ, ११ हजार ५ सय ३५ जनाले कोरोना जिते

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगंज, २ श्रावण– शुक्रबार पछिल्लो २४ घण्टामा देशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ जनाको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाक्एको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय ८५ जना छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ५३५ रहेको छ ।...
२८ जनामा देखियो कोरोना संक्रमण

२८ जनामा देखियो कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ श्रावण– भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका अनुसार, बर्दिया, दा· र रोल्पाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । रोल्पाका १३, बर्दियाका १० र दा·का ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना देखिनेमा ७ जना महिला र २१ जना पुरुष रहेका छन् । बर्दियाको राजापुर, गेरुवा, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका, दा·को टोसन र दंगीशरण, रोल्पाको रोल्पा नगरपालिकाका बिरामी कोराना पोभेटिभ भएको जनाइएको छ ।...
बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र  सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २ श्रावण– बाँके र बर्दियाका सञ्चारकर्मीहरुले नेपाल सरकारले नेपालगन्जबाट दिइआएको नियमित सेवा सुविधाहरुबाट एक वर्षदेखि वञ्चित हुँदै आएको गुनासो गर्दै नेपाल सरकारका सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत् आफ्ना ६ वूँदे मागहरु सहितको ज्ञापन पत्र बुझाएका हुन् । वरिष्ठ पत्रकार तथा साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुकेद्वारा वाचन गरी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङलाई उहाँकै कार्य कक्षमा बुझाइएको ज्ञापन पत्रमा गत वर्षसम्म नेपालगन्जबाट सञ्चार केन्द्र मार्फत् स्थानीय पत्रपत्रिका तथा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाहरु सञ्चार केन्द्रको खारेजी पछि प्रदेश अस्थाई राजधानीका नाममा रुपन्देही जिल्ला हुलाकलाई दिइएकोमा आपत्ती जनाउँदै उक्त जिम्मेवारी बाँके जिल्ला हुलाकलाई दिइनु पर्ने माग गरिएको छ । संघी...
जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगंज, श्रावण १ गते–बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सरकारी जग्गा प्रकरणका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त प्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारलाई लिएर पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहेको पाइएकोले सो सम्बन्धमा आवश्यक छानविन भइ तथ्य बाहिर ल्याउन उपयुक्त हुने भएकाले उपरोक्त विषयका सम्बन्धमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा बुधबार बसेको बैठकले निर्णय गरेको छ । साथै उक्त प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै ज...
बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
डुडुवा, ३१ असार– बाँकेको नेपालगंजदेखि डुडुवा गाउँपालिकामा सलह किराले प्रबेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै बुधबार डुडुवामा प्रवेश गरेको हो भने विहिबार नेपालगन्ज नगरभित्र प्रबेश गरेको छ । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताउनुभयो । डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन । डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले...
जानकी गाउँपालिकाको बजेट पारित

जानकी गाउँपालिकाको बजेट पारित

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, असार ३० – जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट पारित भएको छ । गत असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज मङ्गलबार बसेको सभाले पारित गरेको हो । गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णायर्थ पेश गर्नुभएको बजेट सर्वसहमतिले पास भएको थियो । गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिनुभएको थियो । गाउँसभामा सभासद्ले राखेको जिज्ञासा गाउँपालिका कार्यवाहक अध्यक्ष धिताल र प्रमुख प्रशासकीय अधिकृत खत्...
लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगन्जको माग

लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगन्जको माग

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, असार ३० नेपालगन्ज उप–महानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृति गरेको अधिकाँश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधीभरको समय थप गर्न माग गरेको छ । नेपालगन्जमा मङ्गलबार सम्पन्न भएकाले ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकाँश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो । अर्थ मन्त्रालयले पिएमओमार्फत ठेक्का आव्हान गर्न दिएन, नगरसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो,– लकडाउन खुकुलो भएपछि आर्थिकबर्षको अन्तिम महिना सुरुभयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् । अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकाँश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर...