Thursday, May 22सत्यम खबर
Shadow

‘त्रिपाठीजी बाटो बन्छ, अलि समय लाग्छ’– प्रमुख डा. राणा

नेपालगन्ज, ३ भाद्र– नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) को बाटो निर्माणका लागि मापदण्ड बमोजिम बाटो निर्माण गर्नुपर्ने भनी वडाबासीहरुद्वारा हस्ताक्षर संकलन गरी वडाअध्यक्षलाई मंगलबार बुझाइएको छ ।

वडाका युवाहरुद्वारा बुझाइएको हस्ताक्षर बारे आफ्नो भनाई राख्दै वडाअध्यक्ष समिरप्रताप सिंह, तस्वीरः सत्यमखबर


फुल्टेक्रा चौक (शिवमन्दिर) बाटो निर्माणका विषयमा उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणालाई फोन गर्दा उहाँको भनाई पहिलाभन्दा हाल अलि सकारात्मक रुपमा देखिएको पाईन्छ । प्रमुख राणाले भन्नुभयो– ‘त्रिपाठीजी बाटो बन्छ, अलि समय लाग्छ, हाम्रो छलफलहरु यस विषयमा केन्द्रित छ ।’

वडाद्वारा उपमहानगरपालिकालाई सरकारी सेवासुविधा बन्द गर्ने सम्बन्धी पठाइएको पत्र, तस्वीरः सत्यमखबर


स्मरणरहोस् वडा नं. ६ का महिला वडा सदस्य सावित्री शर्मा अधिकारी तथा उपमहानगरपालिका प्रमुख डा. राणाको कृपावाद र नातावादका कारण बिपिन रेग्मी र नारायण बर्माले घर नतोडेको आरोप वडाबासीहरुले लगाउँदै आएका छन् ।

मापदण्ड अनुसार बाटो निर्माण हुनुपर्ने भन्दै संकलन गरिएको हस्ताक्षरको प्रतिलिपि, तस्वीरः सत्यमखबर


वडाअध्यक्ष समिरप्रताप सिंहले मैले बाटो निर्माणका विषयमा सकारात्मक पाईला वडा कार्यालयमार्फत चाली सकेको, निर्माणमा अवरोध गर्नेहरुको बिजुली, खानेपानी, टेलिफोन लगायत सरकारी सेवा सुविधा बन्द गराउने सम्बन्धमा पत्र पठाई सकेको जानकारी गराउँदै भन्नुभयो– ‘वडाका युवाहरुद्वारा गरिएको हस्ताक्षर संकलन पत्र तथा फुल्टेक्रा स्कुलदेखि नारायण बर्माको घरसम्मको बाटो बनाउने सम्बन्धी वडाबाट गरिएको निर्णय आजै पठाउने बताउनुभयो ।’

मापदण्ड अनुसार बाटो निर्माण हुनुपर्ने भन्दै संकलन गरिएको हस्ताक्षरको प्रतिलिपि, तस्वीरः सत्यमखबर


वडाका युवाहरुले मापदण्ड बमोजिम नै बाटो निर्माण गर्नुपर्ने भनी हस्ताक्षर संकलन अभियान गरेका थिए । जसमा करीब ७५ जना घरधनीहरुले सहभागिता जनाई रजिष्टरमा हस्ताक्षर गरी मापदण्ड अनुसार नै बाटो निर्माण गर्नुपर्ने सो अनुसार अवरोध गर्ने नारायण बर्मा, सन्तोष सोनी र विपिन रेग्मीको विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *