Sunday, April 26सत्यम खबर
Shadow

अपडेटः २० जना संक्रमित थपिए

नेपालगन्ज, ३२ श्रावण– जिल्लामा आईतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


अस्पतालमा बिगत २४ घण्टामा १ सय ४६ स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार कोहलपुरबाट संकलन गरिएको ७२ जनाको स्याम्पस मध्ये केहीको परिक्षण गरिएको र केहीको नगरिएको हुँदा सबैको परिक्षण भयो भन्न नमिल्ने अवस्था रहेको बताउनुभयो ।


त्यसैगरी जानकीमा ९२ स्याम्पल परीक्षण मध्ये १८ जनाको पोजेटिभ देखिएको छ भने खजुराबाट ५४ स्याम्पल परीक्षण मध्ये १ जनामा पोजेटिभ देखिएको छ भने कोहलपुरबाट १ जना गरी जम्मा २० जनाको परीक्षण पोजेटिभ देखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
यसबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत सार्वजनिक सञ्जाल फेसबुकमार्फत जानकारी गराई सक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *