नेपालगन्ज, ३२ श्रावण– जानकी गाउँपालिका पाँच दिनका लागि लकडाउन हुने भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आज (आईतबार) रातीदेखि सम्पूर्ण सेवाहरु बन्द गर्न लागेको छ ।
साउन ३२ गते आईतबार रातीदेखि भाद्र ५ गतेराती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी गराउनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अतिआवश्यक सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।