नेपालगन्ज, २ भाद्र– प्रायः आम सर्वसाधारण व्यक्तिहरुको मनमा जिज्ञासा हुन सक्छ, क्वारेन्टाईनको अवस्था कस्तो छ, त्यहाँ भएका व्यक्तिहरुलाई बेला–बेलामा सम्बन्धित निकायबाट पाउने सेवा सुविधाहरु पाईएको छ व छैन ।
यसै जिज्ञासालाई मेटाउन आज मंगलबार नेपालगन्ज स्थित रहेको महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाईन अनुगमन गर्ने अवसर पाईयो । बाहिरबाट झट हेर्दा सबै राम्रो र व्यवस्थित भएको पाईन्छ । तर भित्रि पीडाहरु अनेक रहेको पाईन्छ ।
हाल महेन्द्र बहुमुखि क्याम्पस क्वारेन्टाईनमा ६८ जना पुरुष र ६१ जना महिलाहरु रहेका छन् । जसमा बच्चाहरुको गन्ती गरिएको छैन । जम्मा १ सय २९ जना रहेका महिला–पुरुष बस्ने क्वारेन्टाईनको अवस्था सामान्य जस्तै देखिएको छ ।
बिहान ८ बजे नास्ता पाईएको छ, दिउँसो १२ बजे खाना, दिउँसो ३ बजे नास्ता र राती ७ बजे खाना पाईएको छ । पानी २४ औं घण्टा उपलब्ध छ, सामान्य उपचारको लागि स्वास्थ्यकर्मी २४ औं घण्टा उपस्थित छन् । नास्ता र खानाको बेला रुम बाहिर आएर लाईनमा बसी आ–आफ्नो खाना नास्ता खाने गरेको बताउँछन् त्यहाँ रहेका सुरक्षा निकायले ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बस्ने सुरज मिश्राका भाउजु हाल क्वारेन्टाईन रहेकी छन् । उनी घरबाटै साँझ–बिहानको खाना पु¥याउने गरेको तथा कुनै समस्या नभएको बताउनु हुन्छ ।
त्यसैगरी भारतको उत्तरप्रदेशबाट जैसपुर आफ्नो भाईलाई भेट्न आएकी सबनम अन्सारीको भनाई छुट्टै रहेको पाईन्छ । उनी आफ्नो परिवार तथा ३ जना बच्चा–बच्चीका साथमा भाईलाई भेट्न आएकी थिईन् । तर उनलाई क्वारेन्टीन गरियो । अब उनी भन्छिन् यहाँ राख्नु भन्दा मलाई मेरो घर भारत पठाई दिनुस् । मेरो बच्चा–बच्चीको सतगत भइरहेको छ ।
त्यसैगरी, सम्बन्धित निकायले स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुलाई समेत २ जनाको संख्यामा ३ सिफ्टमा डियुटी लगाउने गरेको पाईन्छ । तर उनको पीडा छुट्टै रहेको छ ।
क्याम्पसमा स्वास्थ्य सम्बन्धी कार्य गर्दै आएकी अनिता भट्टराईको १ दिन अगाडी नै डियुटी लगाइएको छ । सो अगाडी उनी डेन्टल अस्पताल खजुरामा कार्यरत थिईन् ।
उनी भन्छिन् सम्बन्धित स्थानीय सरकारले हामीलाई डियुटीमा लगाए पनि हाम्रो कर्तव्य र जिम्मेवारी ठानी कार्य गरिरहेका छौं तर हामीले पाउने सेवामा कटौती गरिरहेको छन् । सबै गाउँपालिकाहरुले भत्ता लगायतको सुविधा दिए पनि उपमहानगरपालिकाले त्यसबारे हामीलाई केही सुविधा नदिएको गुनासो गरिन् ।
त्यसैगरी, क्याम्पसमा सुरक्षाका लागि ५ महिनादेखि खटिका सुरक्षाकर्मीहरुलाई समेत कुनै अतिरिक्त सुविधा नदिएको गुनासो गर्दछन् । सुरक्षाकर्मीहरुको भनाई अनुसार हामीले सरकारद्वारा पाउने तलब बाहेक केही सुविधा पाएका छैनौं, जबकी फ्रन्टलाईनमा सेवा गर्ने नै हामी सुरक्षाकर्मीहरु हो । उनको प्रश्न छ स्थानीय सरकारले यसबारे किन सोचेन ?