
नेपालगन्ज, ३ भाद्र– बुधबार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जना गरी जम्मा १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

बाँकेमा बुधवार थपिएका अधिकांश कोहलपुर नगरपालिका वडा नं.११ का हुन् । ६ वर्षदेखि ३१ वर्ष उमेर समूहका ८ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा जनाइएको छ ।

त्यस्तै बाँके बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका १–१ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । २ जना वडा नं. १२ का रहेका छन्् भने अर्काको ठेगाना उल्लेख गरिएको छैन् ।
यस्तै बर्दियाका मधुवन नगरपालिका वडा नं. ५ र ७ का १–१ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जनामा भाइरस पुष्टि भएको जारी सूचनामा जनाइएको छ ।