नेपालगन्ज, १५ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ४० जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । कोरोना पुष्टि भएकाहरुमा बाँकेमा ३८ जना छन् । जसमा सबैभन्दा बढि कोहलपुरमा २४ जना र नेपालगन्जका ८ जनामा कोरोना पुष्टि भएको छ ।
मेडिकल कलेज कोहलपुरमा ७ जना र नेपालगन्जमा १ जनामा कोरोना देखिएको छ । जसमध्ये मेडिकल कलेज नेपालगन्जमा तुल्सीपुर दाङका एक बिरामी तथा मेडिकल कलेज कोहलपुरमा बर्दियाका एक बिरामी रहेका छन् ।
त्यस्तै खजुराका ६ जनामा कोरोना देखिएको छ । सोमबार कोरोना पुष्टि भएकाहरुमा १६ जना महिला र बाँकी पुरुष छन् । पछिल्लो परीक्षणमा भेरीले ६६९ जनाको स्वाब जाँच गरेको छ ।