नेपालगन्ज, १५ भाद्र – भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी, बाँकेको सहकार्यमा कोभिड–१९ का शिकिस्त बिरामीहरुका लागि प्लाज्मा थेरापीबाट उपचार सेवा आईतबारबाट शुरु गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका १ का वडाअध्यक्ष एवं प्रवक्ता प्रमोद रिजालले प्लाज्मा दान गरि प्लाब्जामा थेरापी सेवाको शुभारम्भ गरिएको छ । कोरोना भाइरस संक्रमणबाट मुक्त भएका रिजालले सोमवार सल्यान शारदा नगररपालिका ६ का २९ बर्षीय पुरुषलाई प्लाज्मा दान गर्नु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार, भाइरस संक्रमणबाट मुक्त भएको १४ दिनपछि रिजालले प्लाज्मा दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिएको छ ।
फोकलपर्सन श्रेष्ठले पहिलो पटक रिजालले ब्लड डोनेसन गरेको हुँदा धन्यवाद ज्ञापन गरेका छन् । साथै संक्रमणबाट निको भई घर फर्किसकेकाहरुलाई समेत प्रवक्ता रिजाल जस्तै प्लाज्मा दान गर्न सबैमा अनुरोध गर्नु भएको छ ।