नेपालगन्ज, २१ भाद्र – प्रेस संगठन बाँकेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जुम प्रविधि मार्फत संगठनको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठनका संयोजक डक्ट प्रसाद धितालले जानकारी दिए ।
कोरोना सन्त्रासका कारण सामुहिक रुपमा एकै ठाँउमा भेला हुन सम्भव नभएकाले जुन प्रविधिको प्रयोग गरेर भेला आयोजना गरिएको धितालले बताए । भेलामा संगठनमा केन्द्रिय सदस्य, पुर्व अध्यक्ष तथा अग्रज पत्रकारहरुले नयाँ सदस्यहरुलाई संगठनको महत्व, आवश्यकता र क्षेत्राधिकारका बारेमा प्रशिक्षण दिएका थिए । पत्रकारले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा समेत संगठनका सदस्यहरुलाई प्रशिक्षण दिईएको धितालले जानकारी दिए ।
भेलामा संगठनका केन्द्रिय सदस्य, अनुशासन विभाग सदस्य, आर्थिक विभाग सदस्य, प्रदेश सदस्य, पुर्व केन्द्रिय सदस्य, पत्रकार महासंघका पदाधिकरी तथा संगठनमा आवद्ध सदस्यहरु समेत गरी ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।