Sunday, April 26सत्यम खबर
Shadow

खजुरामा सोमबार राती १२ बजेदेखि २७ गतेसम्म पूर्ण निधेषाज्ञा जारी

नेपालगन्ज, २२ भाद्र – बाँके जिल्लाको खजुरा गाउँपालिकामा कोभिड–१९ को संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै खजुरा क्षेत्र नेपालगन्ज गुलरिया सडक खण्डको कपास विकास समितिदेखि बि.पि. प्रतिक्षालय ५०० मिटरसम्म सबै वडाहरुमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामार्फत सबैलाई जानकारी हुने गरी आज सोमबार राती १२ बजेदेखि भाद्र २७ गते राती १२ बजेसम्मको लागि सवारी साधन, व्यवसाय, पसलहरु सञ्चालन तथा हिडडुल गर्न समेत पूर्ण रुपमा निषेध गरिएको छ ।
उक्त निषेधाज्ञा जारी समयसम्म अतिआवश्यक एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला कुटनीतिक सावरी साधन, लामो दुरीका मालवाहक साधनहरु, निर्माण सामग्री ढुवानीका साधनहरु, अतिआवश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु र अनुमति पत्र प्राप्त सवारी साधन बाहेकका कुनै कसैले सो अवज्ञा गरे वा काममा बाधा पु¥याउने खालको गतिविधि गरे संक्रमण रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्यवाही हुने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *