नेपालगन्ज, २१ भाद्र – बाँकेमा आईतवार ८ महिलासहित ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगन्ज, कोहलपुर र खजुराका गरी जम्मा ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा १ हजार २ सय ४८ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय २५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय १४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।