चितवन, २१ भाद्र – चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो । भाद्र १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत ‘एक्यूट रेस्पिरेटरी फेलियर’ भई विहान ८ बजे मृत्यु भएको डा.लम्सालले बताए।
यससँगै अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका १२ जनाको मृत्यु भएको छ ।