आज वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को ९२ औं जन्मजयन्ती
नेपालगन्ज, २७ भाद्र – नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को ९२ औं जन्मजयन्ती आज बाँकेमा मनाईदै छ । प्रेस स्वतन्त्रता सेनानी गुप्तको जन्म वि.सं. १९८५ साल भाद्र २७ गते भएको थियो भने उनको मृत्यु ९१ वर्षको उमेरमा २०७६ माघ १५ गते निधन भएको नेपाल प्रेस युनियन बाँकेद्वारा विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
जारी विज्ञप्तीमा उहाँको संघर्ष, पत्रकारिता र लोकतन्त्र प्रतिको त्याग, निष्ठा, ईमान्दारिता र सादगीपूर्ण जीवनशैली हाम्रा लागि सदैव अनुकरणीय रहनेछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनमा उहाँको सक्रिय सहभागिताले सबैलाई उर्जा थपेको थियो । साप्ताहिक किरणका सम्पादकको रुपमा निरन्तर दशकौं लामो पत्रकारिता यात्राका दौरान जेल सजाय समेत व्यहोर्नु भएका चाचाजीले पत्रकारिता प्रतिको आफ्नो मान्यतामा कसैसँग स...









