नेपालगन्ज, २७ भाद्र – नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को ९२ औं जन्मजयन्ती आज बाँकेमा मनाईदै छ । प्रेस स्वतन्त्रता सेनानी गुप्तको जन्म वि.सं. १९८५ साल भाद्र २७ गते भएको थियो भने उनको मृत्यु ९१ वर्षको उमेरमा २०७६ माघ १५ गते निधन भएको नेपाल प्रेस युनियन बाँकेद्वारा विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
जारी विज्ञप्तीमा उहाँको संघर्ष, पत्रकारिता र लोकतन्त्र प्रतिको त्याग, निष्ठा, ईमान्दारिता र सादगीपूर्ण जीवनशैली हाम्रा लागि सदैव अनुकरणीय रहनेछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको आन्दोलनमा उहाँको सक्रिय सहभागिताले सबैलाई उर्जा थपेको थियो । साप्ताहिक किरणका सम्पादकको रुपमा निरन्तर दशकौं लामो पत्रकारिता यात्राका दौरान जेल सजाय समेत व्यहोर्नु भएका चाचाजीले पत्रकारिता प्रतिको आफ्नो मान्यतामा कसैसँग सम्झौता गर्नु भएन । पेशागत मर्यादामा कहिल्यै नचुकेका चाचाजी पत्रकारिता पेशामा नाती पुस्ता सक्रिय भईसक्दा पनि आफु स्वयं साईकलमा रिपोर्टिङ गर्नु हुन्थ्यो, जुन नयाँ पुस्ताका लागि प्रेरणा बन्थ्यो भनी उल्लेख गरिएको छ ।
गुप्तालाई सम्मान स्वरुप नेपाली पत्रकारले, सिंगो नेपालगन्ज शहरले ‘चाचाजी’ भनेर सम्मानले बोलाउने गरेको हो । उहाँले पत्रकारिता मार्फत समाज र लोकतन्त्रलाई पु¥याएको योगदान स्वरुप दुई वर्ष अघि नेपाल प्रेस युनियन बाँकेको संयोजनमा नागरिक अभिनन्दन गरिएको थियो । उहाँको सम्मानमा युनियनले ‘पन्नालाल गुप्ता चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको जानकारी विज्ञप्तीमार्फत गराइएको छ ।
विज्ञप्तीमा चाचाजी भौतिक रुपमा हामी बीच नरहे पनि उहाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान अमिट रुपमा रहि रहनेछ । उहाँको पदचाप र योगदानलाई जोगाइरहनु नेपाल प्रेस युनियन बाँकेको जिम्मेवारी पनि हो । नेपाली पत्रकारहरुका प्रेरक व्यक्तित्व अग्रज पत्रकार गुप्ताको निधनले सिंगो नेपाली पत्रकारिता जगतले अभिभावक गुमाएको महसुस गरिरहेको छ । स्वर्गीय चाचाजी प्रति भावपुर्ण श्रद्धाञ्जली ! उल्लेख गरिएको छ ।