Thursday, September 25सत्यम खबर
Shadow

७६ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगन्ज, १२ असोज – बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाबाट आएकी ७६ वर्षिय एक महिलाको मृत्यु भएको छ ।


मृतक जुनिचाँदे गाउँपालिका–५, जाजरकोट निवासी ७६ वर्षिय महिला हुन् । असोज ५ गते पिसिआर जाँच गराउने क्रममा असोज ६ गते पिसिआर रिपोर्टमा कोरोना संक्रमित देखिएकी ७६ वर्षिय महिलालाई होम आईसोलुसनमा राखिएको तथा केही दिनदेखि पित्त थैलीको बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
होम आईसोलुसनमा बस्ने क्रममा आज सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण् अस्पताल कोहलपुरमा कोभिड आईसोलेसन वार्डमा लैजाने क्रममा आकस्मात ऋबचमष्य एगmियलबचथ ब्चचभकत भएको कारण दिउँसो २ः१५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यो सँगै जिल्ला बाहिरका मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *