Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

९० वर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

९० वर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १६ असोज – बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले विहिबार गाउँपालिकाको कार्यालय प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । ६ वटै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । बुद्ध बुवाआमाको माया, इज्जत र सम्मान विनाको परिवार र समाजमा खुसी र सन्तुष्टि मिल्न नसक्ने भन्दै अध्यक्ष शाहले बुवाआमालाई जिउँदो देउताको संज्ञा दिनुभयो ।प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले संविधानले नै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गरेको अवस्थामा उनीहरुको सम्मान र सहयोगमा कुनै कञ्जु...
बरिष्ठ चिकित्सकको कोरोना संक्रमित भई मृत्यु

बरिष्ठ चिकित्सकको कोरोना संक्रमित भई मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असोज – भेरी अस्पताल नेपालगन्जका एकजना बरिष्ठ चिकित्सकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उनको आज विहिबार दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा.प्रकाश थापाले पुष्टि गर्नुभएको छ । हाल उनी प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेत मै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो ।तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।...
बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असोज – कोरोना पुष्टि भएका थप दुई जनाको मृत्यु भएको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ५२ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्ज र भेरी गंगा नगरपालिका–५, सुर्खेत निवासी ७५ वर्षिय महिलाको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत हुँदै मृत्यु भएको स्वाथ्य कार्यालय बाँकेका फोकलपर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।योसँगै बाहिर जिल्लाबाट उपचारका क्रममा यहाँ आएर मृत्यु भएकाको संख्या ८ र बाँकेका मात्रै १७ जनाको मृत्यु भइसकेको छ ।...
बन्द मठमन्दिर खोल्न ज्ञापन–पत्र

बन्द मठमन्दिर खोल्न ज्ञापन–पत्र

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १५ असोज – कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको प्रसिद्ध शक्तिपीठ माता बागेश्वरीको द्धार खोल्नुपर्ने माग गरिएको छ ।सरकारले आन्तरिक उडान, सार्वजनिक यातायात लगायतका कार्यहरु खुल्ला गरिसकेकाले मन्दिरको द्धार समेत खोल्नुपर्ने माग गरिएको छ । कोरोना महामारीको जोखिमका कारण बन्द गरिएको सार्वजनिक यातायात लगायतका सवारी सधानहरु सरकारले खोलेसँगै बन्द गरिएका मठ मन्दिर पनि खोल्नु पर्ने कशौधन बैश्य समाजले माग गरेको छ ।सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन–पत्र बुझाउनु भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन–पत्रमा बागेश्वरी मन्दिरको द्धारसँगै दशैंको मुखमा आइसकेको नवदुर्गा मा...
बाँकेमा कोरोना कहरबीच २३ जनाको मृत्यु

बाँकेमा कोरोना कहरबीच २३ जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ असोज – नेपालगन्ज र बाँके जिल्लामा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पताल भर्ना भएका बाँके जिल्लाका १६ जना र अन्य जिल्लाका ७ जना गरी २३ जनाको मृत्यु भएको छ भने २१ जनाको अवस्था गम्भीर रहेको छ ।बाँके जिल्लामा कोरोना संक्रमण भई नेपालगन्ज स्थित भेरी अस्पतालमा बुधबार ६० जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको बुधबार अपराह्न १ जनाको मृत्युपछि ५९ जनाको उपचार भइरहेको छ । भेरी अस्पतालमा उपचार गराइरहेका ५९ जना कोरोना संक्रमित विरामीहरु मध्य १८ जनाको अवस्था गम्भीर रहेको, ३७ जनाको अवस्था मध्यम र अन्य ५ जनाको अवस्था सामान्य रहेको भेरी अस्पतालले जिल्लाको कोरोना संकट व्यवस्थापन समितिलाई जानकारी दिएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।त्यसैगरी नेपालगन्ज स्थित शिक्षण अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा बुधबार साँझसम्म ५२ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भ...
कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असोज – बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज वडा नं. १ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सार्वजनिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।योसँगै बाँकेमा कोरोनाबाट ५ महिलासहित १६ जना पुगिसकेका छन् ।...
‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

‘जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस’

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – हिजो–आज नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड प्रसस्तै देखिने गरेको छ । सुरक्षा मापदण्डको कुनै प्रवाह बिना एक–आपसमा चिप्केर उभिएको तमाम प्रमाणहरु प्रष्ट देखिन सकिन्छ । बुधबार बिहान पनि सोही अनुसार देखियो । सीमानाकामा यस अनुसार भिड हुनु कुनै ठूलो कुरा होइन, कोभिड–१९ को महामारीको बेला भारतमा लकडाउन लागेपछि त्यहा“बाट नेपाल फर्किएका नेपाली कामदारहरुले अब पुनः भारततर्फ फर्किने हुँदा र फर्किंदा सीमानाका बन्द भएकोले यसप्रकारको भिड देखिएको हो । कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा हिमांसु गुरुङले भन्नुभयो– ‘कारण एउटै छ, भारत गई आफ्नो रोजगारी सुनिश्चित ...
बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, असोज १४ – ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपईडिहा बजार हाल आएर सुनसान देखिएको छ ।कोभिड–१९ महामारीका कारण यहाँस्थित नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको रुपईडिहा बजार हाल सुनसान भएको छ । सुनसान रुपईडिहा बजार, तस्वीरः सत्यमखबर नेपाली उपभोक्ताको भरमा ६ महिना अघिसम्म दैनिक ५ करोडसम्म व्यापार हुने रुपईडिहामा नेपाली जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।रुपईडिहा व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक ४ देखि ५ करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपईडिहामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताउनुभयो ।उहाँले ६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडा समेत तिर्न नसक्दा रुपईडिहाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा...
अपडेटः बाँकेमा आज १७ महिलासहित ३४ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १७ महिलासहित ३४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १७ महिलासहित ३४ जना निको भई घर फर्किने भएका छन् ।भाद्र ३१ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ८७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ५ सय ४१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८१.६६ रहेको छ भने बिरामी मृत्यु दर ०.७९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बाँकेमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा सूचनाको हक विवरण सार्वजनिक

बाँकेमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा सूचनाको हक विवरण सार्वजनिक

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १४ असोज – सार्वजनिक निकाय अन्तर्गत बाँके जिल्ला मै पहिलो पटक बाणिज्य तथा आपुर्ति उपभोक्ता संरक्षण कार्यालयले सूचनाको हक सम्वन्धी ऐन अन्तर्गत प्रत्येक तीन–तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको विवरण सार्वजनिक गरेको छ । ऐन अनुसार २० वटा सूचकको विवरण सार्वजनिक गरिएको हो । उक्त विवरण तथा सूचनाले नागरिकले प्रत्यक्ष जानकारी पाउने छन् भने गुणस्तरिय सेवा, पारदर्शिता तथा जवाफदेहितामा मद्दत पु¥याउने छ । सो कार्यालयले सूचना मैत्री बाताबरणको स्थापना गरि गुणस्तरिय सेवा प्रवाह गर्दै आएको छ । सुचना मैत्री अन्तर्गत कार्यालयमा सहज रुपमा सेवाग्राहीले सेवा पाउनु, सूचनाको शाखाको व्यवस्थापन, सूचना अभिलेखीकरण, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था, नागरिक वडा पत्र, वेभसाइट अपडेट तथा सूचना विवरणको अपडेट लगायतको प्रभावकारी व्यवस्थापन गर्नु हो । सो कार्यालयले सोको व्यवस...