Thursday, September 25सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज १० महिलासहित २९ जना घर फर्किदै

नेपालगन्ज, १२ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १० महिलासहित २९ जना निको भई घर फर्किने भएका छन् ।
भाद्र २९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज सोमबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार ८ सय २१ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ४ सय ६३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५३ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८०.३४ रहेको छ भने बिरामी मृत्यु दर ०.७१ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *