
खजुरा, ११ असोज – खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेर घर फर्किएका छन् ।
जनताको काममा अहोरात्र खटिएकै बेला गत भदौ २८ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । १४ दिनको आइसोलेसन बसाईपछि उनी आज घर फर्किएका हुन् ।

परिवारका सदस्यलाई पनि कोरोना देखिएकाले अध्यक्ष कक्षपतिसहित परिवारका अन्य ५ सदस्य पनि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । कोरोना जितेका अध्यक्ष कक्षपतिले अब फेरी निरन्तर खजुराको समृद्धि र विकासमा लाग्ने बताए ।

उनलाई खजुरा गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।