Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

मानवअधिकारसँग जोडिएका सवालको अवस्थाबारे संयुक्त अनुगमन

मानवअधिकारसँग जोडिएका सवालको अवस्थाबारे संयुक्त अनुगमन

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज ५ कार्तिक – बर्दिया बढैयाताल गाउँपालिकाको विभिन्न वडामा लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरणको अवस्थाका बारेमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा न. ५ र ६ मा लैङ्गिक तथा घरेलु हिंसाबाट पिडित २ जना महिलालाई न्यायिक सहजीकरणमा मेलमिलाप गरेको पाइएको छ । यसैगरि अन्य पिडित महिलाहरुका मुद्दा, नागरिकता लगायतका घटनाका समस्या समाधान भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको कार्यक्रमले हिंसाका घटनामा न्युनीकरण तथा स्थानीय तह न्यायिक समितीमार्फत विवाद समाधान भएको हो ।संस्थाले न्यायिक समितिका पदाधिकारी तथा स्थानीय नागरिकलाई मानवअधिकार र कानूनका बारेमा क्षमता अभिबृद्धि गरेपछि विवाद समाधान तथा मानवअधिकारका सवाललाई सहजीकरण गर्न सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष दिपा गौतमले बताउनु...
अपडेटः बाँकेका ४८ जनामा कोरोना पुष्टि

अपडेटः बाँकेका ४८ जनामा कोरोना पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक, भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु भेटिएका छन् ।भेरी अस्पतालले मंगलबार बेलुका ५ बजे जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै बाँकेका रहेका छन् ।पछिल्लो २४ घण्टामा ३ सय १७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र विभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो ।भेरी अस्पतालमा हालसम्म ४५ हजार ४ सय १८ जनाको कोरोना परिक्षण गरिएकोमा मंगलबार ७२ जना थपिएसँगै ३ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।...
डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ४ कार्तिक – बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य तिब्र रुपमा अघि बढेको छ । भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निमार्ण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निमार्ण सामाग्री अभावका बेला पनि निमार्ण कार्य तिब्र रुपमा अघि बढेको हो ।भवन निमार्णको कार्यप्रगतिका बारेमा आज मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निमार्णको गुणस्तरियता, बाउण्डूी, शौचालय, बहुउद्देशिय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिनुभयो ।उहाँले बाँके जिल्ला मै पहिले पटक डुडुवाले भवन निमार्ण गर्न लागेकाले समयमा निमार्ण कार्य सम्पन्न पुरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्न...
महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो

महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज ४, कार्तिक– विभिन्न मागहरुलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सूचना प्रशारण तथा प्राविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले प्रमुख जिल्ला अधिकारी बाँके रामबहादुर कुरुम्बा“गलाई उक्त ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट संचार माध्यमहरु पनि अछुतो रहेनन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि संचार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् । लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भए पछि यहाँका प्रकाशकहरुले पत्रपत्रिकाहरुको पिडिएफ फाईल ईमेल मार्फत प्रेस काउन्सिलमा बुझाएका छन् । त्यसको प्रमाण प्रेस काउन्स...
आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको बेला विशेष सुरक्षा योजना अन्तर्गत घटना भएको ३० सेकेन्डमा घटना स्थल पुग्ने गरी ‘क्यूआरटी’ क्वीक रेस्पोन्स टीम परिचायन गरेको छ । नेपालगन्जको धम्बोझी चोक र कोहलपुरको चौराहामा बेस बनाएर क्वीक रेस्पोन्स टीम परिचालन गरिने बाँके प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो । घटना भएको थाहा पाएको ३० सेकेन्ड मै मूभ हुने गरी धम्बोझी चोकमा १२ वटा मोटरसाईकल र एउटा भ्यान स्टेण्डवाई राखिएको बताउनुभयो । प्रहरी प्रमुख एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी स्टेण्डवाई राखिएको छ ।‘घटना भएको थाहा पाएको ३० सेकेण्डमा मोटरसाइकल मूभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मूभ हुन्छ,’ एसपी रानाले भन्नुभयो–, ‘धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्दार गर्नका लागि राखिएको छ ।’ बाँके प्रहरीले चाडपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक...
समाचारको प्रभावः गौमाताको जीवन रक्षा !

समाचारको प्रभावः गौमाताको जीवन रक्षा !

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका बुलबुलिया गाउँ वडा नं. ३ बाट घर निकाला गरिएकी गौमाताको जीवन रक्षा विनायक एग्रीकल्चर एकेडमीका सञ्चालक सुबोध बर्मा र गुरुकुल एजुकेशन एकेडमीका प्रिन्सिपल दानबहादुर रावल लगायतको टोलीले गरेको छ ।उक्त गौमाता वडा नं. ३ बुलबुलिया गाउँ बस्ने जाकिर खाँको रहेको थियो । गौमाता अस्वास्थ्य हुँदा उहाँले घर निकाला गरिदिएका थिए । उक्त गौमाता समशान घाट नजिक रहेको तरकारी मण्डीको उक खाल्डोमा मरासन्न हुने अवस्थामा थिईन् । हाल गौमाताको उपचार बुलबुलिया स्थित शिव मन्दिरमा राखी टोलीले स्याहारसुसार र उपचार गरिरहेको छ ।दुई दिन अगाडी सत्यम खबर अनलाईनमा गौमाता जीवन रक्षा शिर्षक सम्बन्धी समाचार प्रकाशनमा आएपछि उक्त उद्दार टोलीद्वारा गौमाताको जीवन रक्षा गरिएको छ ।...

नेपाल पत्रकार महासंघको ध्यानार्षण गराईयो

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ३ कार्तिक – वैश्विक महामारी कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट संचार क्षेत्र समेत प्रभावित भएको बेला जिल्ला हुलाक कार्यालय रुपन्देहीले पत्रपत्रिकाहरुमा प्रकाशित लोककल्याणकारी विज्ञापनको भुक्तानी रकम दिलाउन निवेदन दर्ता गराएका छन् ।नेपालगन्ज बाँके जिल्लाबाट प्रकाशित आजको सामना साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक अजयकुमार गुप्ताले सूचना तथा प्रशारण विभागद्वारा उपलब्ध गराइने उक्त लोककल्याणकारी विज्ञापनको श्रावण महिनाको भुक्तानी जिल्ला हुलाक रुपन्देही कार्यालयबाट दिलाउन निवेदन दर्ता गराएका छन् । सम्पादक गुप्ताका अनुसार जिल्ला हुलाक कार्यालय रुपन्देहीले २०७७ श्रावण र भाद्र महिनाको बिल कार्यालयमा समय भित्र नपुगेकोले भाद्र महिनाको भुक्तानी दिने तर श्रावण महिनाको भुक्तानी नदिने कुराको जानकारी गराउनुभयो ।सम्पादक गुप्ताले आज सोमबार एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघ बाँके शाखाक...

बाँके प्रहरीद्वारा मठमन्दिर सरसफाई (फोटोफिचरसहित)

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – बाँके प्रहरीले नजिकिंदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिक स्थल मठमन्दिरहरुको सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत आज सोमबार नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले आज सोमबार बिहान बागेश्वरी मन्दिर वरिपरि सरसफाइ गरेको छ । बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सँगसँगै अगाडी बढाएको छ ।प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरहरुको सरसफाइ सुरुवात गरेको जनाएको छ ।...
अपडेटः ३१ महिलासहित ७० जना कोरोना मुक्त भई घर फर्किदै

अपडेटः ३१ महिलासहित ७० जना कोरोना मुक्त भई घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ कार्तिक – सोमबार बाँकेका थप ७० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगन्ज १ का २ बर्षिय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनीहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...
वाटरपार्कका जग्गाधनीलाई स्थायी पुर्जा वितरण

वाटरपार्कका जग्गाधनीलाई स्थायी पुर्जा वितरण

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २ कात्तिक – नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्नुभयो ।जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पुरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो ।वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता...