नेपालगन्ज, ३ कार्तिक – वैश्विक महामारी कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट संचार क्षेत्र समेत प्रभावित भएको बेला जिल्ला हुलाक कार्यालय रुपन्देहीले पत्रपत्रिकाहरुमा प्रकाशित लोककल्याणकारी विज्ञापनको भुक्तानी रकम दिलाउन निवेदन दर्ता गराएका छन् ।
नेपालगन्ज बाँके जिल्लाबाट प्रकाशित आजको सामना साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक अजयकुमार गुप्ताले सूचना तथा प्रशारण विभागद्वारा उपलब्ध गराइने उक्त लोककल्याणकारी विज्ञापनको श्रावण महिनाको भुक्तानी जिल्ला हुलाक रुपन्देही कार्यालयबाट दिलाउन निवेदन दर्ता गराएका छन् ।

सम्पादक गुप्ताका अनुसार जिल्ला हुलाक कार्यालय रुपन्देहीले २०७७ श्रावण र भाद्र महिनाको बिल कार्यालयमा समय भित्र नपुगेकोले भाद्र महिनाको भुक्तानी दिने तर श्रावण महिनाको भुक्तानी नदिने कुराको जानकारी गराउनुभयो ।
सम्पादक गुप्ताले आज सोमबार एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघ बाँके शाखाका जिल्ला अध्यक्ष ठाकरसिंह थारुलाई लोककल्याणकारी विज्ञापन रकम भुक्तानी गराउन आवश्यक पहल गरिदिन निवेदन र भ्याट बिलको प्रतिलिपि समेत बुझाएका छन् ।
महासंघ बाँके शाखा अध्यक्ष ठाकुरले यस्तो कार्य सरकारतर्फबाट भएको होइन जस्तो लाग्छ बरु यो कार्य जिल्ला हुलाक कार्यालय रुपन्देहीका कर्मचारीहरुबाट भएको हुन सक्ने अशंका व्यक्त गर्दै समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ, काठमाण्डौ प्रदेश ५ नं. सरकारसँग कुराकानी गर्ने बताए ।

अध्यक्ष ठाकुरका अनुसार भोलि मंगलबार ४ गतेका दिन बाँके शाखाले बाँके जिल्ला हुलाक कार्यालय मार्फत सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने बताए ।
यसैगरी, आज सोमबार नेपालगन्जमा संचार क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनको बैठक बसेको छन् । बैठकमा प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धिताल, प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेल, साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अक्षरी पोखरेल, संजालका नै सचिव अजयकुमार गुप्ता, अवधी पत्रकार संघ बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरी श्रावण महिनादेखिको रकम भुक्तानीको लागि नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
