
नेपालगन्ज ५ कार्तिक – बर्दिया बढैयाताल गाउँपालिकाको विभिन्न वडामा लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरणको अवस्थाका बारेमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा न. ५ र ६ मा लैङ्गिक तथा घरेलु हिंसाबाट पिडित २ जना महिलालाई न्यायिक सहजीकरणमा मेलमिलाप गरेको पाइएको छ ।

यसैगरि अन्य पिडित महिलाहरुका मुद्दा, नागरिकता लगायतका घटनाका समस्या समाधान भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको कार्यक्रमले हिंसाका घटनामा न्युनीकरण तथा स्थानीय तह न्यायिक समितीमार्फत विवाद समाधान भएको हो ।
संस्थाले न्यायिक समितिका पदाधिकारी तथा स्थानीय नागरिकलाई मानवअधिकार र कानूनका बारेमा क्षमता अभिबृद्धि गरेपछि विवाद समाधान तथा मानवअधिकारका सवाललाई सहजीकरण गर्न सहयोग मिलेको गाउँपालिका उपाध्यक्ष दिपा गौतमले बताउनुभयो ।

संस्थाले बाँके र बर्दियामा शिक्षा, स्वास्थ्य, लैगिक हिंसा, र मानवअधिकारको अवस्थामा बारेमा नियमित अनुगमन गरेको उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा स्वास्थ्य, कृषि नरैनापुरमा स्वास्थ्य र बर्दियाको बढैयातालमा लैगिक हिंसाको अवस्थाका विषयमा अनुगमन गरिएको हो ।
