Thursday, March 12सत्यम खबर
Shadow

महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो

नेपालगन्ज ४, कार्तिक– विभिन्न मागहरुलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सूचना प्रशारण तथा प्राविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले प्रमुख जिल्ला अधिकारी बाँके रामबहादुर कुरुम्बा“गलाई उक्त ज्ञापन पत्र बुझाएका हुन ।


ज्ञापन पत्रमा मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट संचार माध्यमहरु पनि अछुतो रहेनन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि संचार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् । लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भए पछि यहाँका प्रकाशकहरुले पत्रपत्रिकाहरुको पिडिएफ फाईल ईमेल मार्फत प्रेस काउन्सिलमा बुझाएका छन् । त्यसको प्रमाण प्रेस काउन्सिलमा सुरक्षीत छ । लामो समयको बन्दका कारण लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लिनु पर्ने बिल र पत्रिकाको हाड कपी रुपन्देही हुलाक कार्यालयमा समयमै पठाउन नसकिएको सबैलाई विदितै छ । तर रुपन्देही हुलाक कार्यालयले भुक्तानीको बिल र पत्रिका समयमै नपठाएको भन्दै भुक्तानी दिन नमिल्ने मन्त्रालयको निर्देशन रहेको जवाफले यहाँका प्रकाशकहरु थप मारमा परेका छन् । लकडाउनका कारण संकटमा गुज्रिरहेका संचार माध्यमहरुलाई सहयोग गर्नुको साटो लोककल्याणकारी विज्ञापनको भुक्तानी रोक्ने कार्यको हामी भत्सर्ना गर्दै मिति २०७६ श्रावण महिनाको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तानीका लागि जोरदार माग गर्दछौं । साथै अगामी दिनमा लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी, सूचना तथा प्रशारण विभागबाट जारी गरिएका प्रेस पासको नविकरण र नयाँ प्रेस पास वितरण सम्बन्धित जिल्ला हुलाक कार्यालयबाटै जारी हुने व्यवस्था मिलाउन आग्रह गर्दछौं भनी उल्लेख गरिएको छ ।


ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष थारु, प्रेस संगठन संयोजक डक्टप्रसाद धिताल, अवधी पत्रकार संघ, बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, साप्ताहिक पाक्षिक संजाल बाँके अध्यक्ष अक्षरी पोखरेल, सचिव अजयकुमार गुप्ता, पत्रकार मेराज सल्मानी, भेरी एफएमका आरिफ अन्सारीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *