Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २४ बैशाख – भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् । खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेप...
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मिति : २०८२ बैशाख २१ गते, आईतबार सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो । तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् २०२५ को नाराले यस वर्षको अन्तर्राष्ट्रिय पत्रकारिताको यथार्थलाई प्रतिविम्बित गरेको छ । नयाँ साहसी संसारमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव यो नारा केवल प्रविधिको विकासको चित्रण मात्र होइन, पत्रकारिता क्षेत्रभित्र फैलिएको अनिश्चितता, चुनौती र सम्भावनाको सङ्केत पनि हो । आजको पत्रकारितामा पुराना चुनौतीहरू अझ गहिरिँदै छन्—प्रेसमाथि राज्यको नियन्त्रण, सेन्सरसिप, पत्रकारमाथिका आक्रमण, र सत्य रिपोर्टिङ गर्नेहरूलाई कारवाही । यससँगै, नया...
ब्रिटिस ईको क्लबमा वातावरणीय प्रशिक्षण सम्पन्न

ब्रिटिस ईको क्लबमा वातावरणीय प्रशिक्षण सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ बैशाख – ब्रिटिस ईङ्गलिस बोर्डिङ्ग स्कुल, नेपालगन्ज–१९ मा संचालित ब्रिटिस ईको क्लबका सदस्य विद्यार्थीहरूलाई लक्षित गर्दै वातावरण र जलवायु परिवर्तन सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका असरहरू, र विद्यार्थीहरूले स्कूल तथा समाजमा गर्न सक्ने सकारात्मक कार्यहरूबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले वातावरणीय समस्या समाधानका लागि युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै ईको क्लबमार्फत हरित अभियान सञ्चालन गर्न प्रेरणा प्रदान गर्नुभयो। उहाँले प्लास्टिकको प्रयोग घटाउने, वृक्षारोपण गर्ने, सरसफाइ अभियान चलाउने जस्ता क्रियाकलापमार्फत समाजमा सकारात्मक प्रभाव पार्न विद्...
इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कष्णनगर, १७  बैशाख - इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरकाे समुद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्टको प्रमुख आतिथ्यतामा मन्दिरकाे समुद्घाटन गरिएकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीकाे पहलमा वडा २ तथा नगरपालिकाकाे आर्थिक सहयाेगमा माता दुर्गा मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका बीच समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कलश परिक्रमा भएपछि पुजा अर्चना गरि बुद्बबार इप्रका परिसरमा मुर्ति स्थापना गरिएकाे पुराेहित शास्त्री रेशम लाल गैरेले बताउनुभयाे । कृष्णनगर नगरपालिका वडा नं २ को सात लाख पचास हजार बजेट टेन्डर प्रक्रिया बाट मन्दिर निर्माण गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए। कार्यक...
नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, १७ बैशाख – नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी बुधबार दिउँसो १ बजेतिर पक्राउ परेका छन्। उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। ‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने। २०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरेर थुनामा पठाउन अदालतले आदेश दिएको प्रहरी प्रमुख अधिकारीले बताए।...
सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ बैशाख – सिक्टा सिंचाई आयोजनामार्फत किसानहरुको खेत खेतमा पानी पु¥याउने उद्देश्यका साथ नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टम अन्तर्गत अपग्रेट गरिने जानकारी गराउँदै नरैनापुरका ४० हेक्टर जमिनमा सिंचाईको पानी पु¥याउने उद्देश्य रहेको बताउनुभयो । त्यस क्षेत्रमा सिक्टा सिंचाई आयोजनामार्फत करीब ९ हजार टेक्टर जमिनमा सिंचाईको लागि पानी पु¥याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो । सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिचाई आयोजनाको आयोजना निर्दैशक आर्चायले बताउनुभयो । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरु विस्तार कार्य भैरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा...
सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन, पाकिस्तानी सेना प्रमुखको पुतला दहन

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, १६ बैशाख – भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो । आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ । विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक...
वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १६ बैशाख – ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो । टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भ...
शिक्षा सुधारका लागि ध्यानाकर्षण सप्ताह व्यापी कार्यक्रम

शिक्षा सुधारका लागि ध्यानाकर्षण सप्ताह व्यापी कार्यक्रम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ बैशाख – शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागी ध्यानाकर्षण गराउनका लागी कार्यक्रम सप्ताह ब्यापी सञ्चालन भैई रहेको छ । एनसीई नेपाल जिल्ला कार्य समिति बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगन्जको सहकार्यमा सोमबार कार्यक्रमको पहिलो दिनमा शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्तर्गत रैली तथा छलफल गरिएको छ । हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण हुनु प¥यो, गुणस्तरीय शिक्षा, शिक्षकलाई आवश्यक तालीम, दैनिक जीवनका लागी शिक्षा हुनुपर्छ । “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भई रहेको छ । यसरी नेपालमा शिक्षाका लागी राष्ट्रिय अभ...
छापा पत्रकारिता: सम्भावना र रणनीति

छापा पत्रकारिता: सम्भावना र रणनीति

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ बैशाख १६ गते, मंगलबार समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्दै गएको छ । सबै विषयमा प्रविधिको बोलवाला बढिरहेको अवस्थामा कतिपय नयाँ कार्यक्षेत्रहरू फैलँदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युग प्रविधिमैत्री बन्ने र तदनुरूप चल्ने समय हो । नत्र समयको गतिले मानिसलाई पछि पार्छ ।नेपालमा पनि यो परिवर्तनको प्रभाव सञ्चार क्षेत्रमा गहिरो देखिएको छ । विशेषतः छापा पत्रकारिता, जसले कुनै समय राजनीतिक सचेतना र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो, अहिले प्रविधि र डिजिटल माध्यमसँगको प्रतिस्पर्धामा...