महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी रहेकोमा जोड
कोहलपुर, ३० वैशाख – एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी, शैक्षिक अनुभव, पारीवारिक सहयोग, सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरिन्छ । तर लुम्बिनी प्रदेशका सांसद तथा बाँकेको कोहलपुर नगरपालिका बाँकेका पुर्व उपप्रमुख सन्जुकुमारी थारुको फरक अनुभव छ ।
सन्जु चौधरी विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी हुनु भयो । राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती भएको उपमेयर सन्जुको भनाई छ । अहिले उहाँ लुम्बिनी प्रदेशका सांसद हुनुहुन्छ । आज क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्तत्र्रिmया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।
सण्डे क्लब अन्तर्गत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदै...









