Thursday, May 15सत्यम खबर
Shadow

नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

नरैनापुर, २५ बैशाख – बाँके नरैनापुरमा एकजना शारीरिक र मानसिक अपांगता भएकी किशोरी माथि जबरजस्तीकरणी भएको तथ्य बाहिर आएको ।

 

नरैनापुर गाउँपालिका वडा नं.१ स्थित एक २१ वर्षिया आपांगत भएकी किशोरी जबरजस्तीकरणीको शिकार भएको विषयमा ईलाका प्रहरी कार्यालय भगवानपुरमा विहिवार जाहेरी पेश गरिएको छ ।

घरमा कोही नभएको मौकामा विहिवार विहान अं.१० बजेको समयमा घरमा एक्लै रहेकी किशोरी माथि नरैनापुर गाउँपालिका वडा नं.१ बनियागाउँ बस्ने २५ वर्षिय अजमल साईंले जबरजस्तीकरणी गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।

 

घटना सम्बन्धमा उजुरी आएको छ, प्रहरीले भन्यो, बाँकी विवरण अनुसन्धान पछि खुलासा हुनेछ । तीन दिन अघि नरैनापुर गाउँपालिका वडा नं.१ का वडा सदस्य रियाज खाँ माथि जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता भएको छ ।

 

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षकलाई फाेन गर्दा फाेन नउठेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ताले घटना बारे जानकारी दिंदै जाहेरी दर्ताकाे लागि आएकाे हुँदा हाल अनुसन्धानमा रहेकाे बताउनुभयाे ।

 

पीडितलाई न्याय हुने गरि अनुसन्धान भईरहेकाे बताउँदै पीडक जाे काेही भएपनि कानुन बमाेजिम कार्यवाही हुने बाँकेका प्रहरी प्रवक्ताद्वारा जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *