विगतमा गरिएकाे सम्झाैता कार्यान्वयन नभएकाे भन्दै शिक्षकद्वारा धर्ना
नेपालगन्ज, १८ अषाढ - नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार शिक्षकहरुले तीन घन्टा धर्ना दिएका छन् ।
सरकारले आफ्ना विभिन्न ३४ बुँदे माग तथा विगतमा भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आन्दोलनको चौथो चरण अन्तर्गत सामुदायिक विद्यालयका शिक्षकले त्यसरी आफ्नो पालिका स्तरमा धर्ना दिएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकामा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म जारी उक्त धर्नामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु, बालविकास शिक्षकहरु तथा पेशागत संघ संगठनको प्रतिनिधिमुलक उपस्थिति रहेको स्थानीय आन्दोलन परिचालन समितिले जनाएको छ ।
सरकारले शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई अविलम्ब कोरोना खोपको लगाइनु पर्ने तथा बालबिकास शिक्षक, विद्यालय कर्मचारीका बारेमा बिगतका सम्झौता पूरा नभएको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताएका...









