Friday, September 25सत्यम खबर
Shadow

प्रदेश ५

शिक्षक महासंघद्वारा ज्ञापन-पत्र

शिक्षक महासंघद्वारा ज्ञापन-पत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ - शिक्षकहरुलाई पनि कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने माग गर्दै नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले ज्ञापन पत्र बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमसेर राणा समक्ष मंगलबार नगर क्षेत्र भित्रका शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोपको व्यवस्था गराउन मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो । कोरोनाको बढ्दो जोखिममा शिक्षक लगातार रहदै आएकोले पेशागत दायित्व निर्वहनमा खोपले थप बल पुग्ने बताउँदै शिक्षकहरुलाई अविलम्ब खोपको व्यवस्थाको माग गरिएको जनाइएको छ । नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माको संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउँदै सो अवसरमा महासंघ केन्द्रिय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक परिषद बाँके अध्यक्ष बृजेशबहादुर सिंह, नगरसमितिका पदाधिकारी तथा सद...
डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका अभिमुखिकरण

डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका अभिमुखिकरण

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १५ अषाढ - खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सोनपुरमा डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालासँग अभिमुखिकरण तथा बासस्थानको खोजी गरि लार्भा नष्ट कार्यक्रम गरिएको छ । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रकि डा. पुजा सुनारले डंगुबारे जानकारी दिँदै एसिड एजिप्टाइ नामक लामखुट्टेबाट सर्ने डेंगु महामारी हुँदा ४० देखि ९० प्रतिशतसम्म फैलिने हुँदा रोग लाग्न नदिन सबैले कोशिस गर्नुपर्नेमा जोड दिइन । उनले सफा पानीमा बस्ने भएकोले घर वरिपरि पानी जम्न नदिने भन्दै उनले एक्कासी ज्वरो आउने, फोक्सो र पेटमा पानी जम्ने, छाती लगायतका ठाउँमा छुँदा डाम बस्ने, नाक, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने बताइन् । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले डेंगु लाग्नु भन्दा लाग्न नदिन सचेतना फैलाउन लागि खजुराले सुरु गरेको बताए । खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्...
कोरोना प्रभावित अति बिपन्न परिवारलाई सहयोग

कोरोना प्रभावित अति बिपन्न परिवारलाई सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काेहलपुर, १५ अषाढ - कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रमअन्तर्गत रुम टु रिडले सो सामाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोहलपुर नगरपालिकाका विभिन्न वडामा रहेका अति विपन्न २९ घरपरिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताउनुभयो । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको आचार्यले जानकारी दिनुभयो । वितरण गरिएको सामाग्रीमा प्रत्ये...
कृष्णनगरले मनायो १८ औं राष्ट्रीय धान दिवस

कृष्णनगरले मनायो १८ औं राष्ट्रीय धान दिवस

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजय मिश्रकृष्णनगर, १५ अषाढ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रमको उद्धघाटन गर्नुभयो । प्रमुख अतिथि, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्की, कृष्णनगर नगरपालिकामा कृषि शाखा प्रमुख चन्द्रराम चौधरी, वडाध्यक्षहरू, कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ । रोपाई पश्चात दही च्यूरा खाएर धान दिवस मनाएको छ। कार्यक्रम सञ्चालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिपकुमार मोर्यले गर्नुभयो । प्रत्येक वर्षको असार १५ गते खेतमा का...
स्थानीय तहमा विपत सम्वन्धी ऐनको कार्यान्वयन गर्न सुझाव

स्थानीय तहमा विपत सम्वन्धी ऐनको कार्यान्वयन गर्न सुझाव

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ अषाढ - रणनितिक रुपमा बाढी विपतको व्यवस्थापन गर्न स्थानीय सरकारले निर्माण गरेको ऐन कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने जोड दिइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जको संयुक्त आयोजनामा आज सोमबार आयोजित भर्चुअल अन्तरसम्बादका सहभागिहरुले अहिले बाढी प्रकोपको समय भएकाले त्यसबाट बच्न पुर्वतयारीमा विशेष ध्यान पुर्याइ समुदाय स्तरमा सर्तकता अपनाउनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्ने सहभागिहरुले बाँके जिल्ला बाढी प्रकोपको क्षेत्रमा अति प्रभावित जिल्ला भएकाले क्षति न्युनीकरणका लागि विशेष तयारी गर्नुपर्ने भन्दै बाढी र डुबानको दिर्घकालिन समस्या समाधानका लागि संघिय सरकारको सहयाेग रहेको बताएका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जिल्लामा विपतब...
गाई-भैंसी पालन गर्ने किसानहरूलाई क्यान वितरण

गाई-भैंसी पालन गर्ने किसानहरूलाई क्यान वितरण

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
जानकी, १४ अषाढ - बाँकेको जानकी गाउँपालिका वडा नं १ का गाई भैसी पालन गर्ने २० जना किसानहरूलाई दुध राख्ने भाँडा (क्यान) वितरण गरिएको छ । लुम्बिनी प्रदेश, मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पशुपालक किसानहरूलाई उक्त दुध राख्ने भाँडा प्रदान गरिएको हो । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग तथा बिहानी युवा क्लबको आयोजनमा आज सम्पन्न भाँडा वितरण कार्यक्रममा यस पटक दुध बोक्ने १० लिटर भाँडा उपलब्ध गराएको लुम्बिनी प्रदेश सदस्य शाेहराब खानले बताउनुभयो । लुम्बिनी प्रदेश सदस्य खानले स्थानिय किसानहरूको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत ल्याइएको बताउनुभयो । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सदस्य तथा अगुवा खानले प्रत्येक्ष किसानहरूलाई फाइदा पुग्ने र रोजगारी सिर्जना गर्ने यसले काम गरिरहेको...
नेपालगन्जमा गल्र्स कलेज सञ्चालन हुने

नेपालगन्जमा गल्र्स कलेज सञ्चालन हुने

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिकसत्रदेखि सुरु हुने भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।मध्यपश्चिम विश्व विद्यालयका उपकुलसँग छलफलपनि नेपालगन्ज फर्किएको टोली सोमबार पनि नगरप्रमुख डा. धवलशम्शेर राणा सहितको टोली छलफलमा छ । कलेज सञ्चालनका लागि अषाढ १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिनुभयो । पहिलो वर्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने शाखा प्रमुख राणाले...
बाँकेमा राष्ट्रिय वृक्षा रोपण दिवश मनाईयो

बाँकेमा राष्ट्रिय वृक्षा रोपण दिवश मनाईयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, १४ अषाढ – राप्तीसोनारी–५ स्थित राप्ती पीडित सामुदायिक वनमा आज सोमबार राष्ट्रिय वृक्षारोपण दिवश मनाएको छ । जिल्ला वन बाँकेको आयोजनामा एक कार्यक्रम गरी विभिन्न जातका विरुवाहरु समेत वृक्षारोपण गरिएको थियो । जिल्ला वनले ७ हेक्टर क्षेत्रमा तारबार कम्पाउण्ड लगाएर बिरुवा लगाएको छ । जिल्ला डिभिजन वन कार्यालयका डिएफओ राजु क्षेत्री, बर्दिया राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार शाह, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, ड द्यष्ििष्यल तचभभकका हेमन्तराज काफ्ले तथा गाउँलेको सहभागीतामा एक कार्यक्रम गरी वृक्षा रोपण गरिएको थियो । ५ हेक्टर क्षेत्रमा ८ हजार बिरुवा लगाउने भएको कुरा डिएफओ क्षेत्रीले बताएका थिए । त्यो वन क्षेत्र अतिक्रमणमा परेको र वन भित्र आधा दर्जन घर टहरा बनेको थाहा पाए पछि तिनी अतिक्रमण गरेकालाई हटाई त्यही क्षेत्रमा बिरुवा लगाईयो । डिएफओले आज राष्ट्रिय ब...
रोटरि क्लब अफ लमहीद्वारा कन्सन्ट्रेटर सहयोग

रोटरि क्लब अफ लमहीद्वारा कन्सन्ट्रेटर सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
दुख हरण यादवगढवा, १४ अषाढ – रोटरी क्लब अफ लमहिले गढवा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।रोटरी क्लब अफ लमहिका अध्यक्ष रविलाल आचार्यको सभापतित्व र गढवा गाउपालिका वडा नं ६ का अध्यक्ष तथा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष बाल चन्द्र हमालको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ लमहिले कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले कसैको ज्यान न जाओस भन्ने उद्देश्यले सहयोग गरेको कुरामा बक्ताहरुले जोड दिएका थिए । कोरोना महामारीको समय ग्रामिण बस्तीका बिरामी तथा संक्रमितहरुलाई स्थानिय स्तरमै सर्वसुलभ सेवा प्रदान गर्ने सक्ने उद्देश्यले गढवा स्वास्थ्य चौकीलाई लगभग १ लाख २० हजार मूल्य बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो । रोटरी क्लब अफ लमहीले सामाजिक उत्तरदायित्व बहन गर्दै...
शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु

शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ अषाढ - बाँकेका विभिन्न विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक शिक्षीकाहरुलाई समेटेर बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम आईतवारदेखि शुरु भएको छ । स्वास्थ्य जीवन तथा योग र ध्यान सम्बन्धमा विद्यालय स्तरका शिक्षकहरुको निम्ति आयोजना गरीएको तालिमको उद्घाटन शत्रमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष एवं प्रमुख अथिति जनकराम भण्डारीले हाम्रो शिक्षा आमाको काखबाट शुरु भइ शिक्षकको काखमा आएर समापन हुने हुँदा शिक्षकले मानिसको जीवनमा उपयोगी कुराहरु सिकाउन जरुरी रहेको भन्दै एउटा शिक्षकले गलत कुरा सिकाउदा एउटा मानिसले जीवनभर दुःख पाउने हुन्छ त्यसकारण शिक्षकले योगाका साथै सबै कुरा सहि सिकाउनुुु पर्ने बताउनु भयो । उहाँले विद्यालयका शिक्षकले कितावी ज्ञानमात्र नभएर शरीरिक व्यायम, आहारविहार लगायतका विषयमा पनि शिक्षा दिन जरुरी रहे...