Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि आज शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि आज शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ७ भदौं – युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ । युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ । युनिभर्सल कलेज, फिनिक्स कलज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नत...
तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ भदौ – तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्तर्गत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो । उहाँले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राख्नुभयो । कार्यक्रममा नेप...
उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक: मन्त्री न्यौपाने

उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक: मन्त्री न्यौपाने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, ६ भदाै – लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्योग क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । इटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कुन उद्योगलाई कुन तहको सरकारले नियमन गर्ने भन्ने विषयमा अझै स्पष्टता नआएकाले उद्योग क्षेत्रमा अपेक्षित काम हुन नसकेको जानकारी दिनुभयो । मन्त्री न्यौपानेले भन्नुभयो “लुम्बिनी प्रदेश सरकार सबल नहुँदा उद्योगीहरू निराश छन्, अब उद्योग–व्यवसायलाई स्थिर बनाउन कानुनी र नीतिगत ढाँचा बनाउनैपर्छ,” । उहाले प्रदेशका कर्मचारी प्रदेश लोक सेवा आयोगमार्फत नियुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै, यसले प्रशासनिक कामलाई सहज र परिणाममुखी बनाउने बताउनु भयो । यातायात क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम ग...
किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ५ भदौ – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई तडक–भडकपूर्ण नभइ अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल किसान महासंघ बाँकेद्वारा बुधबार ढकेरीमा आयोजित ‘तीज मिलन तथा शुभकामना आदानप्रदान सांस्कृतिक कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद तथा नेपाली काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी चौधरीले पछिल्ला दिन तीजका नाममा भड्किलो र बेथेती बढ्दै गएकोमा दुखेसो पोखिन् । उनले परम्परागतरुपमा मनाइदै आएको तिज उच्छृङ्ल हुँदै जाँदा मौलिकतामा ध्यान दिनुपर्ने बताईन् । तीजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई उनले आग्रह गरिन् । उनले भनिन् ‘...
गौर हत्या काण्डः सर्वोच्चको आदेश र राजनीतिक बहस

गौर हत्या काण्डः सर्वोच्चको आदेश र राजनीतिक बहस

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भदौं – सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौरस्थित राईसमिलमा घटेको चर्चित गौर हत्या काण्डमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाउन आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले पीडित पक्षको रिटमा सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा कार्यवाही गर्न निर्देशन दिएको हो । आम जनता पार्टीका अध्यक्ष तथा घटनाका प्रत्यक्ष पीडित पक्षका अभियन्ता त्रिभुवन साहले दायर गरेको रिटमा सर्वोच्चले मुद्दा अघि बढाउने आदेश दिएसँगै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि प्रत्यक्ष कानुनी कारबाहीको दायरामा आउने भएका छन् । २०६३ चैत ७ गते भएको सो घटनामा २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरिएको थियो । त्यतिबेला मधेश आन्दोलनको नेतृत्व गरिरहेका मधेशी जनअधिकार फोरमका...
अख्तियारको पत्राचारमाथि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

अख्तियारको पत्राचारमाथि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकालाई पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । आयोगले पत्रमार्फत २०८२ असार ११ गते प्रकाशित "सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी" भन्ने समाचार र २०८२ साउन १८ गते प्रकाशित "७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण" भन्ने समाचारसँग सम्बन्धित अडियोका स्रोत उपलब्ध गराउन माग गरेको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८२ भदै ३ गते मंगलबार जारी प्रेस विज्ञप्तिमा यस्तो पत्राचार प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र लोकतान्त्रिक व्यवस्थामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन् । शाखाले पत्रकारिता पेशागत दायित्व र नैतिक जिम्मेवारीको दृष्टिले नागरिक सरोकारका विष...
नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
-क्षितिज बिक्रम खनाल मितिः २०८२ भदौ ३ गते, मंगलबार "नेपालको राजनीति युवाको योगदान बिना अधुरो छ। सचेत मतदाता, दलभित्र सुधारकर्ता र वैकल्पिक नेतृत्वकर्ताले भ्रष्टाचार र अस्थिरतालाई चुनौती दिएर साहस, अनुशासन र दीर्घ दृष्टिकोणसहित नयाँ राजनीतिक युगको मार्ग प्रशस्त गर्न सक्छन्।" नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैं अग्रपंक्तिमा रह्यो। राणा शासनविरुद्धको विद्रोह होस् वा २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन होस् वा गणतन्त्रको स्थापना, हरेक मोडमा युवाहरूले आफ्ना सपना, ऊर्जा र बलिदान दिएका छन्। तर विडम्बना के छ भने, आन्दोलनको नेतृत्वमा प्रायः पुराना नेताहरू नै कायम रहिरहेका छन। युवाले क्रान्ति जिते, तर निर्णय प्रक्रियामा पुरानै पुस्ता बसिरहे। यसरी नयाँ पुस्ता आन्दोलनमा प्रयोग हुने तर नेतृत्वमा पहुँच नपाउने चक्र निरन्तर दोहोरिँदै आएको छ। यो क्रमले युवाको ऊर्...
आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – आफ्नो लक्ष्यका साथ अध्ययन गरे के हुन सक्दैन भन्ने उदाहरण हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बस्ने लखन खटिकको नाती रामदाश खटिकको छोरा दिनेश सोनकरले देखाएका छन् । दलित सामुदायबाट आप्mनो उर्खाहरुको नाम उच्च स्थानमा राख्दै मेहनत गरे जे पनि सम्भव हुन सक्छ भन्ने उदाहरण पेश गर्दै दिनेश सोनकर नेपाल प्रहरी जनपदको सहायक निरीक्षक पदमा नाम निकाल्न सफल भएको बताईएको छ । प्रकाशित सूचनामा नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०५/२८ गते नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन नम्बर ०२(०८१/०८२) अनुसार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षा तथा अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफासिर...
अनेमसंघले तिज मनायो

अनेमसंघले तिज मनायो

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र - अखिल नेपाल महिला संघ बाँकेले आयोजना गरेको हरितालिका तिज मिलन कार्यक्रममा महिलाहरु तिजको गितमा छमछमी नाचेका थिए । अखिल नेपाल महिला संघ बाँकेका केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा महिलाहरु चेतनामुलक सन्देश दिने गितमा छमछमी नाचेका हुन । प्रमुख अथितिको आसनबाट बोल्दै पोखेलले तिजको गितको भाकामा चेतनामुलक सन्देश दिने गित यसरी सुनाइन : आमा भनि बोलाउँदा होइ भन्यो ढोकाले, भाउजु रहिछन घरबारे मरे भोकले भन्दै माइती आमा हुँदा र भाउजु बुहारी हुँदा हुने फरक चेलीले भोगेको भोगाइ गीतको भाकामा सुनाइन । यसैगरी पढ्न नपाएका महिलाको पीडालाइ गिताको भाकामा : १२कक्षासम्म पढाइ दिनुस् बाबाले दाइजो मागने छैन बरीलै । यसैगरी माइत जान नपाएका चेलीले गरेको विलौना बर्ष दिनको तिजलाइ बाबा आए लिनलाइ पठाइदिनुस बजैले दुवइदिनलाई जस्ता गीत...
नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण - नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख) को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२, मदुईमा सम्पन्न भएको छ। नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिती सदस्य महाबिर ओली, पूर्व क्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए। ...