नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न
नेपालगन्ज, ३१ श्रावण - नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख) को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२, मदुईमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथी रहेका थिए।
कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिती सदस्य महाबिर ओली, पूर्व क्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए।
...









