
नेपालगन्ज, १ भाद्र – आफ्नो लक्ष्यका साथ अध्ययन गरे के हुन सक्दैन भन्ने उदाहरण हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बस्ने लखन खटिकको नाती रामदाश खटिकको छोरा दिनेश सोनकरले देखाएका छन् ।
दलित सामुदायबाट आप्mनो उर्खाहरुको नाम उच्च स्थानमा राख्दै मेहनत गरे जे पनि सम्भव हुन सक्छ भन्ने उदाहरण पेश गर्दै दिनेश सोनकर नेपाल प्रहरी जनपदको सहायक निरीक्षक पदमा नाम निकाल्न सफल भएको बताईएको छ ।
प्रकाशित सूचनामा नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०५/२८ गते नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन नम्बर ०२(०८१/०८२) अनुसार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षा तथा अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफासिर भएका मुख्य र वैकल्पिक सूचनामा रहेका निम्न उम्मेवारहरुको अन्तिम नजिता प्रकाशन गरिएको थियो ।
सो अन्तिम नजितामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्रहरु प्रतिलिपिहरु २/२ प्रति, पोसपोर्ट साईजको फोटो ४ प्रति साथमा लिई आज मिति २०८२/०५/०१ गते आईतबार ११ बजे नेपाली प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौमा उपस्थित हुनु हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीका लागि सूचित गरिएको सूचना प्रकाशित गरिएको थियो ।
सो प्रकाशित उम्मेदवारहरुको क्रमानुसार दिनेश सोनकर योग्यता क्रम१९२, दर्ता नम्बर २०००५१२ उम्मेदवारको नाम, थर दिनेश सोनकर बाबुको नाम, थर रामदाश खटिक, बाजेको नाम, थर लखन खटिक छनौट समूह मधेशीबाट छनौट हुन सफल भएको जनाईएको छ ।
नेपाल प्रहरी जनपदतर्फ दिनेश सोनकरको नाम प्रकाशित भएसँगै उनको टोलमा खुशियाली मनाईएको छ । अगामी दिनमा समाजको लागि उदाहरणको रुपमा आफूलाई उभ्याउन सफल दिनेश सोनकरलाई उनकै वर्गका युवा पीढिहरुले अनुशरण गर्ने स्थानिय टोलबासीहरुको भनाई रहेको छ । उक्त समाजबाट बाँके जिल्लाबाट पर्न सफल दिनेश सोनकर पहिलो व्यक्ति हुन सफल भएका छन् ।