जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र !
जानकीमा रहेको गौशालामा भोक–भोकै मर्न थाले गाई–गोरु, जग्गामा बस्ती बसाउने जनप्रतिनिधिहरुको षड्यन्त्र
नेपालगन्ज, ६ फागुन – बाँके जिल्ला जानकी गाउँपालिकामा रहेको गौशालामा आर्थिकदेखि जमिनसम्ममा ठूलो चलखेल हुने सम्भावना रहेको स्थानियहरुको आरोप रहेको छ ।
जानकी गाउँपालिका वडा नं. ४ मा रहेको गौशाला भित्र कार्यरत कर्मचारीहरुले समेत ७ महिना बितिसक्दा तलब नपाएको गुनासो गरेका छन् ।
कोराना अगाडी त्यहाँका सामाजिक अभियन्तहरुले बाटोमा रहेका गाई–गोरुलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने मनसायका साथ खुल्ला चौपाया संरक्षण तथा व्यवस्थापन संस्था गठन गरी जानकी गाउ“पालिका वडा नं. ४, खजुरा खुर्दमा रहेको सरकारी जमिनमा गौशाला बनाएर आर्थिक संकल्न गरी सञ्चालन ल्याएका थिए ।
त्यसबेला संस्थामा रहेको पदाधिकारीहरुको मनसाय निहित गौसेवा मात्र देखिएको भएपनि पछि गौशाला भएको जमिनमा आँखा गएको रहेछ । त्यहाँ रहेका स्थ...









