Monday, July 27सत्यम खबर
Shadow

नेपालगन्जमा प्रोटोनको नयाँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ मास ५’ सार्वजनिक

नेपालगन्ज, ११ साउन – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले नेपालगन्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच द अल–न्यू प्रोटोन इ.मास ५ सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट तथा आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

हालै मलेसियाको प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026^’ df ‘Electric Compact Vehicle of the Year 2026^’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजन हो । यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सुविधा उपलब्ध छ । साथै, ७० लिटरको फ्रन्ट ट्रङ्क -फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न मिल्ने पछाडिको लगेज कम्पार्टमेन्ट तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टसहितको व्यावहारिक डिजाइनले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज अनुभव प्रदान गर्दछ ।

सार्वजनिककरण तथा सोरुम उद्घाटन समारोहमा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, जानकी गाउँपालिका वडा नं. ६ का अध्यक्ष जगदिश हरिजन, अटोमोबाइल एसोसिएसन अफ बाँकेका अध्यक्ष, व्यवसायिक साझेदारहरू, सञ्चारकर्मी, अटो व्यवसायी, पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले नेपालगन्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई झल्काएको जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले भन्नुभयो ।

æप्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज नेपालगन्जका ग्राहकहरूमाझ प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको पहिलो रोजाइ बन्नेमा हामी विश्वस्त छौं । हामी अहिले नेपालभर क्रमिक रूपमा नयाँ प्रोटोन सोरुम सञ्चालन गर्दै इ.मास ५ को क्षेत्रीय सार्वजनिककरणलाई निरन्तर अघि बढाइरहेका छौं उहाँले भन्नुभयो । आइतवार धनगढीमा, आज नेपालगन्जमा, र आगामी दिनहरूमा देशका विभिन्न शहरहरूमा नयाँ सोरुम तथा इ.मास ५ सार्वजनिक गर्दै विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसम्म पु¥याउने हाम्रो अभियानलाई थप विस्तार गर्नेछौं ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । नेपालगन्ज क्षेत्रीय सार्वजनिककरणको विशेष अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३४.९९ लाख घोषणा गरेको छ । कम्पनीका अनुसार यी विशेष मूल्यहरू पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुनेछन् ।

इच्छुक ग्राहकहरूले अब नेपालगन्जस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर प्रोटोन इ.मास ५ को प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा यसको आधुनिक प्रविधि र सुविधाहरू अनुभव गर्न सक्नेछन् । साथै, सीमित अवधिका लागि लागू हुने विशेष सुरुवाती मूल्यमा बुकिङसमेत खुला रहेको कम्पनीले जनाएको छ.।

Leave a Reply

Your email address will not be published. Required fields are marked *