Friday, September 25सत्यम खबर
Shadow

प्रदेश ५

१५ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ

१५ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
कपिलवस्तु, ११ फाल्गुन - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेटबाट लगभग १५ किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुँदै भारत जना लागेका व्यक्तिहरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्।   फाल्गुन १० गते दिउँसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थितबाट पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जाँदै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.०४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा न...
महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

महिला उद्यमीलाई उत्प्रेरणा दिंदै सकियो नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सम्भावनाको उजागर गदैं नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल बाँके (विन बाँके) को आयोजनमा फागुन ६ देखि १० गते सम्म नेपालगन्जमा प्रदर्शनी भएको थियो । महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनको बजारीकरणको लागि विन बाँकेले हरेक वर्ष प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नेपालगन्ज बागेश्वरी मन्दिर परिसरको योगा हलमा भएको प्रदर्शनीमा लुम्बिनी, कर्णाली प्रदेशका महिलाहरुले आफनो वस्तुको बिक्री वितरण गर्नु भएको थियो । प्रदर्शनीमा करिब ६० महिला उद्यमीहरुले स्टल राख्नु भएको थियो । प्रदर्शनीको समापन कार्यक्रमलाई सम्बोधन गदैं लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारले गर्ने काम विन बाँकेले गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘म निकै खुसी छु । यस्तो राम्रो कार्यक्र...
महिला पुरुष गरी ५६ जनाले गरे रक्तदान

महिला पुरुष गरी ५६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ फागुन – समृद्धि फाउण्डेसन नेपाल बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५६ जना स्वयंसेवी रक्तदाताहरुले शनिवार रक्तदान गरेका न् । जानकी गाउँपालिका वार्ड नं.३ को आर्थिक सहयोगमा जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित, समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिबी बुढाद्वारा सञ्चालित, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षता, जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष राजकुमार वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । प्रमुख अतिथि तथा वार्ड नं.३ का वडाध्यक्ष राज कुमार वर्माले ब्यानर वाचन गरेर कार्यक्रमका उद्घाटन गरेका थिए । यसरी सो कार्यक्रममा शतक रक्तदाता १ सय ५६ पटक रक्तदान गरेका समाजसेवी नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ निवासी गोपीनाथ बैश्य, नेपालगन्ज–१९ निवासी १ सय २ पटक रक्तद...
ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

ब्रिटिस स्कूलमा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन - नेपालगन्ज- १९ स्थित ब्रिटिस इंग्लिश बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज शाहाको अध्यक्षता र नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विशेष अतिथिका रूपमा प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, अतिथिहरू प्याब्सन नेपालगन्ज अध्यक्ष मान बहादुर थापा, प्याब्सनका कोषाध्यक्ष प्रविन गिरी, विद्यालयका संस्थापक विजय श्रेष्ठ र बिमल प्रधान रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले विशिष्ट अतिथिको रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो। कार्यक्रमको उद्घाटन पानसमा दियो र बिरुवामा पानी हालेर गर्दै प्रमुख अतिथि गोर्खबहादुर थापाले ब्रिटिस स्कूलले अन्य विद्यालयभन्दा फरक र उत्कृष्ट शिक्षण पद्धति अपनाएको उल्लेख गर्दै शिक्षा...
लागू औषध विरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

लागू औषध विरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ६ फागुन – नेपाल प्रहरीले "हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी" भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ। अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको र्‍यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी, विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । र्याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहि...
जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह

जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह

आस्था, प्रदेश ५, मौसम, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – एनआईआरसीले नेपाली मिडियामा जलवायु परिवर्तन बारे छलफल कार्यक्रम सम्पन्न गरेको छ । गहन अध्ययन गरी जलवायु परिवर्तन बारे कमल चलाउन आग्रह गरिएको थियो । नेपाली मिडियामा जलवायु परिवर्तन बारे कसरी रिपोर्ट गरिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । जसमा मिडियाको फ्रेमिङ र जनधारणालाई कसरी प्रभाव पार्छ सहभागी सञ्चारकर्मीहरुद्वारा विश्लेषण गरिएको थियो । जलवायु परिवर्तन अहिले विश्वभरकै गम्भिर चुनौतीको रुपमा देखिएको छ । नेपाल यसको प्रत्यक्ष प्रभावमा परेका शिर्ष १० मुलुकहरु मध्ये एक रहेको छलफलमा बताईएको थियो । बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरु पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरुले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरुमा ठूलो असर पु¥याईरहेको छ । नेपालको ऊर्जा उत्पाद न मुख्य रुपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष अ...
सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

सगरमाथा ई.बोडिङ्ग स्कूलको २० औं वापिर्षकोत्सव भब्यता साथ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – सगरमाथा ई. बोर्डिङ्ग स्कूल कारकाँदो नेपालगन्जले २० औं बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम शनिवार भव्यताका साथ मनाएको छ । विज्ञान प्रविधि, प्रयोगात्मक एंव व्यवहारिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ सगरमाथा ई. बो. स्कूल कारकादोले आफ्नो २० औं बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न गरेको हो । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता स्कूलका अभिभावक तथा समाजसेवी चुडामणि प्रसाई रहनु भएको थियो । प्रमुख अतिथि प्रसाई, संस्थापक अध्यक्ष जिसी र स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको सहभागि वक्ताहरुले बताएका छन् ...
द ह्युमन लव च्यारिटी/फण्डद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

द ह्युमन लव च्यारिटी/फण्डद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दिपेन्द्र चौधरी सहनी पर्सा धोबनी, ३ फागुन - द ह्युमन लव च्यारिटी /फण्डको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरू बीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।   कार्यक्रम संस्थाका सदस्य म.रेयाज हुसैनको सभाध्यक्षतामा तथा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान एवं वडा नं.-५ का वडा अध्यक्ष मनौवर अहमदको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रतियोगितामा धोबिनी गाउँपालिकाका तीन वटा विद्यालयका समुहहरूले भाग लिएका थिए । जस मध्ये कडा प्रतिस्पर्धाका बीच धोबिनी-५ स्थित श्री अजिज मियाँ मा.वि प्रथम स्थान हासिल गरेको थियो।   त्यसैगरी धोबिनी-१ भिखमपुरको श्री नेपाल राष्ट्रिय मा.वि दोस्रो स्थान हासिल गरेको थियो भने धोबिनी-४ लंगडीको श्री काली प्रसाद लाखे मा.वि तेस्रो स्थानमा रहेको थियो। विजेता टोलीहरूलाई मेडल पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । ...
बलात्कार आराेपमा नरैनापुरका जगबहादुर तेली पक्राउ

बलात्कार आराेपमा नरैनापुरका जगबहादुर तेली पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नरैनापुर, ३ फागुन - नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई जबरजस्ती करणी (बलात्कार) मा पक्राउ गरिएकाे छ । मटेहियादेखि नरैनापुर जाने माेडमा आज करीब ५ बजेतिर जबरजस्ती करणी गर्दा अत्यधिक रक्तश्राव भई युवतीकाे अवस्था गम्भीर रहेकाे जानकारी पाउन साथ हामी घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारकाे लागि नेपालगन्जमा रहेकाे भेरी अस्पताल पुर्याउनुका साथै आराेपी जगबहादुर तेलीलाई पक्राउ गरिएकाे भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टाेपेन्द्र बुढामगरले बताएका छन् । महिलाकाे अवस्था गम्भीर रहेकाे जानकारी गराउँदै भगवानपुर ईलाका प्रहरी कार्यालय प्रमुख बुढामगरले थप अनुसन्धान भईरहेकाे बताए । घटना स्थलमा अत्यधिक रक्तश्रव भएकाे स्थानियहरूले जानकारी गराउँदै पीडित नाबालक युवतीकाे उमेर १५ वर्ष भएकाे बताएका छन् ।...
नेपाल किसान महासंघको संगठन विस्तार, अध्यक्षमा प्रमोदकुमार शर्मा

नेपाल किसान महासंघको संगठन विस्तार, अध्यक्षमा प्रमोदकुमार शर्मा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ फागुन – नेपाल किसान महासंघ बाँकेको संसदीय क्षेत्र नम्बर १ प्रदेश क्षेत्र "क" को बिधिवत संगठन बिस्तार भएको छ । नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र "क" को अध्यक्षमा प्रमोदकुमार शर्मालाई चयन गरिएको छ भने उपाध्यक्षमा होमबहादुर अधिकारी, सचिवमा निर्मल खड्का, सहसचिवमा निरा थारुलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष शर्माले बताएका छन् । त्यसैगरी सदस्यहरुमा भोला थारु, संजय राना, राकेशकुमार मौर्य, खेमराज मौर्य, बिना बिक, गायन थारु, फुलमति थारुलगायतलाई चयन गरिएको छ । किसानहरुको समस्यालाई कसरी सम्बोधन गरी सम्बन्धित सरोकारवाला निकायहरु समक्ष पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल किसान महासंघ बाँके प्रदेश क्षेत्र "क" शाखाको गठन गरिएको जनाईएको छ ।...