ज्ञानोदय, योगिनी र जनता नमुना प्रथम
खजुरा, १० माघ – ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८ रजत र ४ कास्य सहित प्रथम हुँदा जनता मावि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । जनताले ६ स्वर्ण पदक, ९ रजत र ९ कास्य जित्यो । जनसेवाले ६ स्वर्ण, १ रजत र ६ कास्य हासिल गरेको थियो ।माघ ७ देखि सुरु भएको प्रतियोगिताको निम्न माध्यमिक तहमा प्रथम भएको योगिनी माविले ३ स्वर्ण, दोस्रो भएको जनता मावि सन्तकुटीले २ स्वर्ण ३ रजत र १ कास्य तथा तेस्रो हुने जनता मावि बठवाले २ स्वर्ण पदक जितेको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को संयोजक माधव शर्माले बताउनु भयो ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भएको प्रतियोगि...









