
नेपालगन्ज, ९ पाैष – नेपालगन्जमा १४ औं बाँके जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही पाैष २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेले नेपालगन्जस्थित रंगशालामा प्रतियोगिता गर्न लागेकाे जानकारी गराएकाे छ ।
नेपालगन्ज रंगशालामा साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक माेडेल एकेडेमीका अध्यक्ष हाेमब हादुर सुनारले प्रतियोगितामा बाँकेमाका १३ वटा डोजाङ्गहरु सहभागी हुने जानकारी दिनुभयाे ।
जम्मा ४ सय ९६ जना खेलाडी, २५ जना रेफ्री, १३ जना कोच लगायत गरी कुल ५ सय २९ जनाको सहभागिता रहने प्रतियोगिता उद्घाटन गर्नुअघि विभिन्न झाँकीसहित नेपालगन्ज उपमहानगर क्षेत्र परिक्रमा गरिने अध्यक्ष सुनारले बताउनुभयाे ।
प्रतियोगिता सञ्चालन गर्न १४ लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयाे ।
खेलको माध्यमबाट लुम्बिनी प्रदेश तथा बाँके जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, यस क्षेत्रका नेपाल आई.टि.एफ. तेक्वान्दो खेलकुद विकास, विस्तार गर्न र आउँदै गरेको खेलाडीहरुको स्तर वृद्धि तथा व्यवसायीकरण गर्ने, आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणा विकास गर्ने, खेल माध्यमबाट राष्ट्रिय एकताको भावना सृजना गर्ने र निजी उद्यमीहरुलाई खेलकुदमा लगानीका लागि उत्साहित गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हाे ।
प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई ट्रफी र प्रमाणपत्रको ब्यवस्था गरिएको नेपाल आई.टि.एफ. तेक्वान्दो संघ बाँकेका पुर्वअध्यक्ष रञ्जित गिरीले जानकारी दिनुभयाे ।
