
बब्लू शेष
नेपालगन्ज, २५ मंसिर – नेपाल कमरशियल आर्टिस्ट संघ जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।

केन्द्रिय सदस्य देव नारायण पौडेलको प्रमुख आतिथ्यमा सम्पन जिल्ला सम्मेलन तथा पद हस्तान्तरण कार्यक्रममा नरेश नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
