जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
नेपालगन्ज, २४ चैत – शिखा एकेडेमी कोहलपुरले नेपालगन्ज पौडी क्लब नेपालगन्जको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आफैले जितेको छ ।
कोहलपुर–८ पिपरी (नयाँ बस्ती)स्थित शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको होे । नेपालगन्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए । प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले स्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए ।
नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगन्ज पौडी क्लबका अ...









