होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत
नेपालगन्ज, २७ माघ – होप इन्टरनेशनल, ब्राइटल्यान्ड, मनकामना र सगरमाथा स्कुलले शनिबारदेखी सुरु भएको मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् ।
नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा होप इन्टरनेशनलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई २–० ले पराजित गरेको छ । होपको जितमा सुवास मगरले १८ औं मिनेट र सुदिप केसीले ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजेता होपका सुवास मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरुआतमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएका सुवास गोल गरेपछि घाइते भएर मैदान छाडनु भएको थियो । सुवासको तर्फ होपका कप्तानलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रीले पुरस्कृत गर्नु भयो ।
शनिबारको दोस्रो खेलमा ब्राइटल्याण्डले पेनाल्टी सुटआउटमा पशुपति मावि राझाँलाई ४–३ ले हरायो । निर्ध...









