Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

विश्व साहित्य सम्मेलनमा छायो बाँके जिल्ला

विश्व साहित्य सम्मेलनमा छायो बाँके जिल्ला

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ कार्तिक – “नेपाली साहित्यको विश्वव्यापीकरण हाम्रो अभियान” भन्ने मूल मर्मका साथ काठमाडौँको गौशालास्थित होटल आनन्द पशुपतिको सभाहलमा सञ्चालित तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन–२०८१ मा बाँकेका तीन स्रष्टा सम्मानित भएका छन् । विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको अध्यक्षता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विश्वका १४ जना साहित्य साधकहरू सम्मानित हुँदा बाँके जिल्लामा रहेर भाषा साहित्य र समालोचनामा साधना गर्ने साधक श्रष्टाहरु प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, कल्पना पौडेल “जिज्ञासु” र लेकप्रसाद प्याकुरेल सम्मानित हुनु भएको हो । सम्मानित व्यक्तित्वहरू मध्ये प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेलाई नेपाली साहित्यदूत मकालु २०८० सम्मानले विभूषित गरियो । कल्पना पौडेल “जिज्ञासु” व...
एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १० कात्र्तिक – नेपालगन्जमा सञ्चालन हुने दुवै महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ । यही कात्र्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म सञ्चालन हुने महोत्सव र नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पौष ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो । शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा बसेको दुवै पक्ष विच एक आपसमा सहमति भई सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगन्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो । यस्तै नेपालगन्ज उद्योग...
महोत्सवलाई सफल बनाउन होटल व्यवसायीसंग छलफल, सघाउने प्रतिवद्धता

महोत्सवलाई सफल बनाउन होटल व्यवसायीसंग छलफल, सघाउने प्रतिवद्धता

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ०९ कार्त्तिक – यही कात्तिक २९ गतेदेखि संचालन हुने महोत्सवका लागि होटल व्यसायी संघ बाँकेका पदाधिकारीहरुसंग शुक्रवार नेपालगन्जमा छलफल भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे होटल व्यवसायीहरुसंग शुक्रवार छलफल भएको हो । महोत्सवको तयारी बारे जानकारी गराउदै नेपाल आदिवासी जनजाति महासंघ जिलला समन्वय परिषद बाँकेका अध्यक्ष डम्मर थापामगरले महोत्सवमा दर्शकलाई भोक मेटाउन होटल व्यसायीको ठुलो भुमिका रहेको हुनाले सस्तो र सुलभ दरमा खाना लगायतका विभिन्न परिकार राख्न आग्रह गर्नुभयो । यता होटल व्यसायीहरुले भरपुर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । होटल व्यसायी र महोत्सव संचालक समिति विच भएको छलफलमा महोत्सव सफल पार्न जति सके मिठो मिठो परिकार सहितको होटलका स्टलहरु राख्ने होटल व्यसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काले बताउनुभयो । महोत्...
“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ०७ कात्र्तिक – यही कात्र्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि राजनीतिक दलहरुसंग मंगलवार नेपालगन्जमा छलफल गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे राजनीतिक दलहरुसंग मंगलवार छलफल गरिएको हो । महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु सामान्य कुरा नभएको हुनाले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताउनुभयो । महोत्सव सफल बनाउन अझै समय छ, यसको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत साथ सहयोग र समर्थन रहिरहने काँग्रेस बाँकेका उपसभापति अधिकारीले बताउनुभयो । बाँकेमा फरक फरक समुदायको बसोबास छ, यसमा बढि ध्यान दिन र त्यही क्षेत्रमा फोकस गर्न उहाँले सुझाव दिनुभयो । महोत्सवलाई व्यापकता बनाउन ग्रामिणका बस्ती बस्तीमा प्रचारप्रसार व्यापक बनाउन अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो । म...
नियमित मासिक गजल गोष्ठी सम्पन्न

नियमित मासिक गजल गोष्ठी सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ असोज – बाँकेको नेपालगन्जमा रहेको गुल्जार–ए–अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ । गुल्जार–ए–अदबद्वारा आयोजित मासिक गजल गोष्ठी प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी हुर्दै आईरहेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.११ भवानीवाग स्थित ईमाम बिन हम्बल विकास केन्द्र नेपालगन्जमा गुल्जार–ए–अदब बाँकेको आयोजनामा शनिवार उर्दू साहित्यकारहरुद्वारा “मुहब्बत बडाए सिकायत तमहारी” मिश्ररामा गजल गोष्ठीमा गजल वाचन गरिएको थियो । ईमाम बिन हम्बल विकास केन्द्र नेपालगन्जका मौलाना अन्सर नेपालीद्वारा सञ्चालित गजल गोष्ठीमा बयोबृद्ध उर्दू साहित्यकार सैयद असफाक रसूल हाशमीको अध्यक्षतामा समपन्न गजल गोष्ठीमा गुल्जार–ए–अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मोहम्मद उमर हलवाई, हाफिज अहमद हुसैन, मेराज अहमद हिमाल, सामुदायिक रेडियो प्रसारक...
नेपाल मै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

नेपाल मै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असोज APs\Nepal युट्युव च्यानलमा शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ । यो गीतले मोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य राखेको छ । यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो । यस गीतका प्रमुख गायकहरू प्रभात सुवेदी र तुलसी घर्ती मगर हुन् । प्रभात सुवेदीको रचना र सङ्गीतमा रहेको यस गीतमा वातावरणीय सचेतना, फोहोर व्यवस्थापनका साथसाथै मोरिङ्गाको विविधतापूर्ण उपयोग र यसका औषधीय गुणहरूको बारेमा गहिरो सन्देश प्रवाह गरेको छ । राजेन्द्र बजगाई्रद्वारा संगीत संयोजन गरिएको यस गीतको कोरसमा राजेन्द्र बजगाईं र प्रमोद डीजीले साथ दिएका छन् । म्युजिक किचन अनामनगरमा रेकर्डिङ्ग गरिएको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्गको कार्य मनोज परियारले गरेका छ...
भारत सरकारद्वारा अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिईने

भारत सरकारद्वारा अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिईने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ असोज – बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो । दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ । मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ । मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले बलिवुडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् । नेपाल पाना...
सांस्कृतिक मञ्चले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर संस्कृति जोगाउन ठूलो योगदान दिएको छ– मन्त्री पाण्डे

सांस्कृतिक मञ्चले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर संस्कृति जोगाउन ठूलो योगदान दिएको छ– मन्त्री पाण्डे

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौँ, १३ असोज – संस्कृति, पर्यटन तथा उड्यनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले शुक्रवार राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजना गरेकोबृहत सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभुषामा विविधता रहेको बताउँदै लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नुपर्ने बताए । त्यस्तै उनले मुकाम मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘मुकाम’ म्यागेजिनको दशौँ अङ्क (आर्थिक–औद्योगिक पर्यटन सर्किट विशेषाङ्क)को विमोचन गर्दै सांस्कृतिक मञ्च नेपाललेबृहत सांस्कृतिक महोत्सवआयोजना गरेर र मुकाम म्यागेजिनले विभिन्न ठाउँमा लुकेर रहे...
नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ११ असोज – नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो । कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे । क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट...
डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई गण्डकी स्टार सीजन- ५ को उपाधि

डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई गण्डकी स्टार सीजन- ५ को उपाधि

आस्था, कला/साहित्य, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, ६ असाेज - विगत लामो समयदेखि निरन्तर रुपमा कार्यक्रम गरि ख्याती कमाउन सफल नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा गण्डकी स्टार सिजन - ५ ग्रान्ड फिनाले सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ पोखरामा आयोजित कार्यक्रममा गण्डकी स्टार सीजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूल लेखनाथ तालचोक मा अध्ययनरत विद्यार्थी श्रेया श्रीस मगरले जितेकी छिन्। र गायन तर्फ कुश गरुङ्गले उपाधि जितेका छन् । गायन क्षेत्रमा फर्स्ट रनरअप: झलक गुरुङ्ग, सेकेण्ड रनरअप: ईञ्जिनियर, अनिल ढुङ्गाना, थर्ड रनरअप: दीपक सुनार, फोर्थ रनरअप: अमृता तामाङ्ग रहेका छन् । त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट रनरअप: इलीस्पा गौतम, सेकेण्ड रनरअप: स्वस्तिका तामाङ्ग, थर्ड रनरअप: स्विकृती गुरुङ्ग, फोर्थ रनरअप: शकुन्तला अधिकारी भएकी हुन । सबैलाई विभिन्न गीत सङ्गीतमा अवसर सँगै उपहार पन...