Monday, December 2सत्यम खबर
Shadow

कलाकार कल्पना पौडेलको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया सम्पन्न

नेपालगन्ज, ८ मंसिर – बाँकेको खजरामा रहेको कल्पना फाउन्डेसन नेपाल साहित्य विभागले पठन संकृतिको विकासको लागि कथाकार कल्पना पौडेल जिज्ञासुको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको पाँचौं कृति कचहरी कथासङ्ग्रहको पाठक प्रतिक्रिया ज्ञानोदय माध्यमिक विद्यालय खजुरामा सम्पन्न गरेको छ ।

फाउन्डेसनको साहित्य विभाग संयोजक लेकप्रसाद प्याकुरेलको अध्यक्षता र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशिराम कार्की, खजुरा वडा नं ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारी, फाउन्डेसनकी संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य माधव शर्मा, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर भण्डारी, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा, वरिष्ठ गजलकार खगेन्द्र गिरि कोपिला, ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाह, भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्यद्वय भरतबहादुर रानाभाट तथा चन्द्रावती अधिकारी, साहित्यकारहरूमा भीम प्रज्वल, अधिवक्ता तथा साहित्यकार भीमबहादुर शाही, इन्दिरा गौतमका साथै दर्जन बढी विभिन्न माध्यामिक विद्यालयबाट आएका शिक्षक विद्यार्थीहरु सहित २५ जनाले कथा सङ्ग्रह कचहरी माथि पाठक प्रतिक्रिया व्यक्त गरेका थिए ।
साहित्य विभाग सदस्य बोधराज प्याकुरेलले कार्यक्रमको संचालन गरेका थिए भने चरित्रा शाहद्वारा स्वागत मन्तब्य गरिएको थियो उक्त कार्यक्रम माथि ऋषिराम सापकोटाले प्रकाश पार्नु भएको थियो थियो ।

प्रतिक्रियामा सहभागी पाठकहरुले कचहरीमा समावेश गरिएका १५ वटा कथाहरुले समाजमा व्याप्त गरिबी, लैङ्गिक विभेद, कुरीति कुसंस्कार, बेरोजगारी, जातीय विभेद, बृद्धावस्थाका समस्या, दाइजो प्रथा, पुनर्विवाह, बाल शोषण, महिला हिंसा जस्ता घटनाहरुको यथार्थ चित्रण गरिएको, समाजमा भए गरेका गलत अभ्यासहरूको आलोचना गर्दै त्यसको सुधारका पक्षमा केही सुझावहरु समेत सुझाइएका कारण कृति आलोचनात्मक यथार्थवादका कोणबाट पनि महत्वपूर्ण साबित भएको विचार प्रस्तुत गरिएको थियो ।

सरल, सरस र बोधगम्य भाषाशैलीका कारण सामान्य स्तरका पाठकहरूले पनि सजिलै रस आस्वादन गर्ने कृतिका रूपमा कचहरीलाई औल्याइएको उक्त कार्यक्रमका केही वक्ताहरूले कथाले माग गरे अनुरुपको परिवेशको प्रयोग गर्दै वर्तमान परिवेशमा कथा लेखन परम्पराले अङ्गीकार गर्दै आएको नवीन धारलाई समेत समेट्दै अघि बढ्न कथाकारलाई सुझाएका थिए। फाउन्डेसनद्वारा आयोजित सोही कार्यक्रममा सहभागी वक्ताहरुले फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल र उपाध्यक्ष ऋषिराम सापकोटाले केक काटेर जन्मदिन तथा विवाह वर्षउत्सव मनाउनुको सट्टा साहित्य र समाज सेवाको क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आएको अनुकरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै सोही दिन पर्न गएको ऋषिराम सापकोटा र कल्पना पौडेल जिज्ञासुको वैवाहिक वार्षिक उत्सवको अवसरमा शुखद दाम्पत्य जीवनको शुभकामना समेत प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *