परिवर्तन पत्रिकाको लोकार्पण
नेपालगन्ज, २३ असार – प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाको आयोजनामा परिवर्तन पत्रिकाको लोकार्पण तथा कल्पध्वनि लघुकथा संघको समीक्षा एक कार्यक्रम बीच शनिवार खजुरामा सम्पन्न गरिएको छ ।
खजुरा गाउँपालिका अन्तर्गत ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा आयोजित प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाकी अध्यक्ष चरित्रा शाहको अध्यक्षता, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद तिमिल्सिनाले ब्यानर वाचन गरेर उद्घाटन गर्नु भएको थियो ।
प्रगतिशील लेखक सङ्घ नेपाल बाँकेकी इन्दिरा गौतमद्वारा सञ्चालित कार्यक्रममा प्रलेसका उपाध्यक्ष सुन्दर गुरुङले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथि लगायतले परिर्वतन पत्रिकाको संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
प्रलेस बर्दिया शाखाका अध्यक्ष तथा समीक्षक प्रभात सुवेदीले परिवर्तन पत्...









