तीज संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भुमिका महत्वपुर्ण रहेकोमा जोड
नेपालगन्ज, ७ भदौ – तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्तर्गत मौलिक तीज गित प्रतियोगिताका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाइले गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि चौलागाइले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताउनुभयो ।
उहाँले तीज पर्वमा पार्टी प्लालेसमा पुगेर दर खाने मात्र गर्नुभन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राख्नुभयो । कार्यक्रममा नेप...









