भारतसँग रोटी बेटीको संम्बन्ध : मुख्यमन्त्री केसी
नेपालगन्ज, ७ असार –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भारतको उत्तर प्रदेश बिहारलगायतका प्रदेशसँग सांस्कृतिक सम्बन्धको थलोका रुपमा विकास गर्दै लैजाने बताएका छन् । भारतसँग रोटी बेटीको मात्र सम्बन्ध नभइ एक आपसको सांस्कृतिका सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजानु पर्नेमा उनले जोड दिए ।
लुम्बिनी प्रदेशको कानुन बालबालिका, महिला ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा शिक्षा तथा संस्कृति प्रवर्द्धन केन्द्र र अवधि सांस्कृतिक विकास परिषद् कपिलवस्तुको संयोजनमा कपिलस्तुको तौलिहवामा भएको द्धितीय अन्तर्राष्ट्रिय अवधी सम्मेलनको पानसमा दिप बालेर उदघाटन गर्दै मुख्य मन्त्री केसीले सो कुरा बताएका हुन् ।
‘भारतसँग रोटी बेटीको मात्र होइन अब सांस्कृतिक सम्बन्धलाई अझ दरिलोरुपमा लैजान पर्छ’ उनले भने। मुख्यमन्त्री केसीले प्रदेश भित्र रहेको भाषा, संस्क...









