
नेपालगन्ज, २१ जेष्ठ – जेठ १९ गते शहिद सेतु विकको शालिक माथि गरीएको तोडफोड र अराजक प्रबृतिको अखिल नेपाल महिला संघ बाँकेले घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
प्रेस विज्ञप्ती जारी गर्नेहरुमा विजुला अधिकारी अनेमसंघ अध्यक्ष बाँके, बिम्मी पन्थी केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज, अनेमसंघ केन्द्रिय सदस्यहरु अछरी पोखरेल, भुमिसरा धिताल, एकमाया वि.क. लगायतका व्यक्तिले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गरेका छन् ।
अखिल नेपाल महिला संघकी सदस्य सेतु २०६२/०६३ जनआन्दोलन २ मा सोहि स्थानमा शहादत्त प्राप्त गरेकी र लोकतन्त्र प्राप्तीको लागि तत्कालिन सरकार विरुद्ध जनआन्दोलनको पक्षमा २०६३ बैशाक ५ गते सोहि स्थानमा शहदत्त प्राप्त गरेका कारण शहिदको सम्मान स्वरुप स्थापना गरीएको शहिद सेतुको शालिक जुनसुकै पक्षले तोडफोड गरेको भए पनि त्यस्तो कार्य लोकतन्त्रको विरुद्ध हुने अखिल नेपाल महिला संघको बुझाइ छ ।
राजनीतिक सवाललाई राजनीतिक र कुटनीतिक तबरले समाधान गर्नुको सट्टा शालिक नै तोडफोड गर्नाले हामी सम्पुर्ण महिलाहरु मर्माहित भएका छौं । महिला शहिदको शालिक तोडफोड गर्नले सम्पुर्ण महिला माथि अपमान भएको छ । यस्ता कार्य जुनसुकै पार्टीका कार्यकर्ताले गरेको भएपनि दोषीमाथि कानुन बमोजिमको कारवाहिको माग यसै प्रेस विज्ञप्ती मार्फत गर्दछौं भनी उल्लेख गरिएकाे छ ।
आगामि दिनमा यस प्रकारका महिला प्रति अपमान जन्य कार्य नहोस । साथै स्थानिय प्रशासनले यस्ता अराजक गतिविधि नियन्त्रण गर्न नेपालगन्जको शान्ति सुव्यवस्था कायम गर्न र यस घटनामा संलग्न दोषी उपर कानुन बमोजिमको कारबाहिको माग यसै प्रेस विज्ञप्ती मार्फत गर्दछौं । २०६२/०६३ को १९ दिने आन्दोलन पश्चात शहिदको सम्मान स्वरुप स्थापना गरीएको शालिकमाथि तोडफोड गर्नु पक्का पनि राम्रो कार्य होइन तसर्थ आगामि दिनमा यस प्रकारका कार्य नदोहोरीउन भनि यसै प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँछौ ।
सर्ब बदलिय बैठक पश्चात धम्बोझीमा राजा विरेन्द्रको शालिक स्थापना गर्ने र सेतु विकको शालिक नेपालगन्ज उपमहानगरपालिकाले मर्मत गर्ने भन्ने कुरा सुन्नमा आएपनि शहिदको शालिक तोडफोड गर्ने उपर मौन रहेको देखिएका कारण र आगामि दिनमा यस प्रकारका घटना नदोहोरीउन भनि यो प्रेस विज्ञप्ती जारी गरीएको जनाईएकाे छ ।
