
नेपालगन्ज, १९ जेष्ठ – नेपालगन्जको मुटु वीरेन्द्र चोक अथवा धम्बोजि चोकमा आज बिहिवारका दिन बिहानै स्व. राजा वीरेन्द्र विक्रम शाहको मुर्ति स्थापना गरिएको २ घण्टा मै तोडिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राखिएको छ । २०६२/०६३ को जनआन्दोलनको क्रममा फालिएको शालिक पुन राखिए पनि बिबादका कारण २४ घण्टा भित्र हटाइएको थियोे भने आज पुन राखिएको सालिक २ घण्टा मै प्रहरीद्वारा हटाइएको छ । वीरेन्द्र चोक लामो समयदेखि शालिक विहिन भएको धम्बोजी चोक २ घण्टा मै पुन सालिक बिहिन बनेको छ ।
मुर्ति स्थापना गर्दै गर्दा राजा आउ देश बचाउ, हिन्दुराष्ट्र कायम गर जस्ता नाराहरुको साथमा मुर्ति राखिएको थियोे । हाम्रा भावी पुस्ताले इतिहास देख्न र पढ्न पाउनुपर्छ पर्छ भन्ने उदेश्यका साथ मुर्ति स्थापना गरिएको बुझिएको छ । उक्त मुर्ति राख्न नेपालगन्जका सम्पूर्ण स्वतन्त्र युवाहरुले सहयोग गरिएका थिए भने मुर्ति राखिएको २ घण्टामा स्वतन्त्र युवा र प्रहरी बिच झडप भएपछि ढुंगा मुडा र ५/६ हवाई फाइरिङभई भिडन्त चितरबितर भई उक्त मुर्ति प्रहरीले नै फालिएको छ ।
