न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्टको गरिदै
नेपालगन्ज १५ बैशाख – न्याय र शािन्तका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगन्जमा जस्टिस कन्सर्ट हुँदैछ । ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको सुन्दर समाज निर्माण गर्न लागि संगीतको माध्यमले सचेतनामुलक कन्सर्ट गर्न लागिएको हो ।देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तीहरुको सहभागितामा कन्सर्टको आयोजना गरिएको हो ।
“न्याय विकासको जग हो” भन्ने मान्यता लिएर दिगो विकास लक्ष्यको गोल १६ अर्थात् “शान्ति, न्याय र मजबुत संस्थाहरु” निर्माणका लागि जनस्तरबाट योगदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । सूचनाको हकका लागि राष्टिूय महासंघद्वारा बैशाख १६ गते शुक्रवार साँझ ७ बजे नेपालगन्जको मेरो प्ल...







