भब्य रुपमा मनाईयो ५२६ औं तुलसी जयन्ती
नेपालगन्ज, ६ भाद्र – अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष बिष्णुलाल कुमालको अध्यक्षतामा तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।प्रमुख अतिथि डा. सन्तोष कनोडिया, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुमाल, महासचिव बिरेन्द्र यादव, भारतबाट आमन्त्रित पाहुँनाहरुले संयुक्त रुपमा गोस्वामी तुलसी दास महाराजको तस्वीर अगाडी दियो बाली, आर्शिवाद लिई कार्यक्रमको शुभारम्भ गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० को अवसरमा मित्र राष्ट्र भारतका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भएका साहित्यकार, डाक्टर, कविता बाचकहरुलाई गम्छा ओढाई प्रमुख अतिथि डा. सन्तोष कनोडियाले सम्मान गरेका थिए ।
रामचरित्र मानस (रामायण) का रचैता गोस्वामी तुलसी दास महाराजको ५२६ औं जन्मोत्सव (तुलसी जयन्...









