
नेपालगन्ज, २७ श्रावण – नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए–अदबले आज शनिवार आप्mनो मासिक गजल गोष्ठी सम्पन्न गरेको छ ।
गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको छ । सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “फिर यूँ हुआ कि वो भी सर ‘‘ए–दार आ गया” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगन्जका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षतमा, अन्सर नेपालीद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, अन्सर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, बव्बु फारुकी लगायतको सहभागिता रहेको थियो ।
