Friday, April 17सत्यम खबर
Shadow

महिला आत्मनिर्भर बन्दै

डुडुवा, १७ श्रावण – बाँके डुडुवा गाउँपालिकाका ८५ जनामहिलाहरुलाई सिपमुलक व्यवसायतर्फ आत्मनिर्भर बनाइएको छ । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले समुहमा आबद्ध ८५ जना महिलाहरुलाई सिपमुलक तालिममार्फत स्वरोजगारी प्रदान गरिएको छ ।
डुडुवा गाउँपालिका वार्ड नं. ५ अन्तर्गत विभिन्न समुहमा आबद्ध महिलाहरुलाई सिलाई कटाई तालिम, ढाँका व्याग बनाउने तालिम, जुत्ती चप्पल बनाउने तालिम र ढाँका कपडा उत्पादन गर्ने तालिम प्रदान गरिएको छ ।
तालिम पश्चात महिलाहरुलाई रोजगार बनाउनका लागि गाउँपालिकाले ९ वटा सिलाई कटाई मेसिन, ९ वटा ढाँका व्याग बनाउने मेसिन, २ वटा जुत्तीचप्पलबनाउने मेसिन र ५ वटा ढाँका कपाडा उत्पादन गर्ने मेसिन महिला समुहलाई हस्तान्तरण गरिएको छ ।
ती महिलाहरुले समुहमा उत्पादन गर्ने सामाग्री विक्री वितरण गरि आयआर्जन गरिने उद्यम विकास सहजकर्ता सुनिता थारुले बताउनुभयो । उहाँका अनुसार महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरु स्थानीय बजारमार्फत विक्री गर्ने छन । दुईदेखि तीन महिनासम्म सञ्चालित तालिममा पुष्पा शर्मा, गिता विक, शान्ति क्षेत्री र भीला गुनले तालिम दिनु भएको थियो ।
गाउँपालिकाका बेरोजगार महिलाहरुलाई उद्यम विकास कार्यक्रममार्फत सिप प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले प्रभावकारी कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार गाउँमा थुप्रै महिलाहरु बेरोजगार भई घर भित्र बसिरहेकाले उनीहरुलाई सिप सिकाएर आर्थिक रुपमा आत्मनिर्भर बनाइने छ । सिप सिकेका महिलाहरुले उत्पादन गर्ने सामाग्रीको बजारीकरणका लागि पालिकाले विशेष पहल गर्ने अध्यक्ष चौधरीले बताउनु भयो । उहाँले पालिका अन्तर्गत सम्पुर्ण महिलाहरुलाई शसक्तिकरण तथा दक्ष बनाइ आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
आज एक कार्यक्रमका विच सिप सिकेका महिलाहरुलाई तालिमको प्रमाण पत्र र मेसिनहरु प्रदान गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङ्गलगायतले बोल्नु भएको थियो ।
गाउँपालिकाको सबै वडाका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाइने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *